CG Electronics
IME Life
Ncell NPL

लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट – २०२३ मार्फत पर्यटनको प्रवद्र्धन गरिने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना हुने भएको छ । आगामी बैशाख २८,२९ र ३० गते बौद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टले लुम्बिनीको समग्र विकासका साथै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको अपेक्षा छ ।

विश्व भरिकै टूर अपरेटर,मिडिया भ्लगर तथा बुद्धिष्ट धर्मावलम्बीरुलाई नेपालमा ल्याई नेपालको पर्यटनको प्रचासप्रसार गर्ने उद्देश्यले यो मार्ट आयोजना गर्न लागेको आयोजक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निर्वतमान अध्यक्ष अच्युत गुरागाईले बताए ।

प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रमको उद्घाटन गर्ने तयारी गरिरहेको नाट्टाले विभिन्न देशका ३५ वटा भन्दा बढी टुर अपरेटरलाई नेपाल ल्याउने तयारी गरेको छ ।

कार्यक्रममा नेपालको पूरानो मानिने पाली भाषा समेत बोल्ने र बुझ्ने जर्मन नागरिक इङ्ल्याण्ड बस्ने किनोडलाई स्पिकरको रुपमा ल्याउने गुरागाईले बताए ।

त्यस्तै, अस्ट्रेलिया,मलेसिया थाइल्याण्ड,श्रीलंका,भारत लगायतका विभिन्न राष्ट्रबाट बौद्ध धर्म गुरु तथा विभिन्न प्राज्ञिक र बौद्धिक व्यक्तिहरु उक्त मार्टमा आयोजना गरिने विभिन्न सेसनमा सहभागी हुन नेपाल आउन लागेको पनि उनले बताए ।

नेपालको समग्र पर्यटन क्षेत्र,व्यवसायी र देशको विकासका लागि सुरु गरिएको कार्यक्रम भएकाले सरकार,निजी क्षेत्र,पर्यटन व्यवसायी लगायत सबैको साथ र सहयोगको अपेक्षा आयोजकको छ ।

‘यो समग्र नेपाली,पर्यटन व्यवसायी,समग्र पर्यटनकर्मीहरुको प्रोग्राम हो । समग्र नेपालको पर्यटनको विकासको लागि सुरु गरेको प्रयास हो र त्यसलाई डब्लु टीएम लण्डन,आइटीबी बर्लिन जस्तै बनाउने लक्ष्यको साथ नाट्टा र पर्यटन बोर्ड अगाडि बढेको छ ।’ अच्युत गुरागाईले भने ।

तीन दिन लामो कार्यक्रमको दौरानमा नेपालको पर्यटन क्षेत्रको विकास,बुद्धिष्ट साइटहरुको प्रमोशन र समग्र नेपालको पर्यटनको प्रमोशन लगायतका विविध विषयमा विज्ञहरुसंग छलफल गरिने र विश्वको पर्यटकलाई नेपालमा आकर्षण गर्ने लक्ष्य नाट्टाले राखेको छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमान स्थललाई सरकारले छिटो सञ्चालनमा ल्याउनुपर्ने आग्रह गर्दै गुरागाईले ति विमानस्थल सञ्चालनमा अएपछि लुम्बिनीमा विश्व भरिका पर्यटक आउने समेत धारणा राखे ।

उनले विश्वमा बुद्ध दर्शनको प्रभाव दिनदिनै बढ्दै गएको बताउँदै बौद्ध सम्पदाबाटै पर्यटक क्षेत्रको विकास गर्न सकिने र नेपाल भारत लगायतका विभिन्न देशको पर्यटना विकासमा मार्ट आयोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

 

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...