‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने
Friday Apr 28, 2023
वि.सं.२०८० वैशाख १५ शुक्रवार १७:११
काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीवीफीन तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना गर्ने भएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत वैशाख २४ गतेबाट नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्म्ेलनमा बैंक तथा वित्तीय संस्था महासंघ नेपालका उपाध्यक्ष राजेश उपाध्यायले सरकार जनतालाई ऋण नभइ राहत प्रदान गर्ने अवस्थामा पुग्ने बताएका छन् ।
‘जनतालाई क्रृण दिएर हैन राहत दिन सक्ने अवस्थामा यो सरकार पुग्नेछ । यसको लागि एउटा कुरालाई मूल मन्त्र बनाएर जान सकियो भने राम्रो अवस्थामा पुग्न सकिने छ भने विश्वास लिएको छु ।’

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचिव मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरूमा गहन विचार–विमर्श हुनेछ ।

























