उपचारपछि राष्ट्रपति आज भारतको नयाँदिल्लीबाट स्वदेश फर्किदै
Sunday Apr 30, 2023
वि.सं.२०८० वैशाख १७ आइतवार १३:०८
काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।
११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सोझै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो ।
























