CG Electronics
IME Life
NIMB

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना, गृहमन्त्री श्रेष्ठले गरे कार्यालयको उद्घाटन

NIMB
Himalayan Bank

 

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना, गृहमन्त्री श्रेष्ठले गरे कार्यालयको उद्घाटन

काठमाडौं । मटिरब्याजी पीडितको समस्य समाधान गर्न गठित अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगको कार्यालय धनुषाको जनकपुरधाममा खोलिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज९आइतवार० बिहान कार्यालयको उद्घाटन गरेका छन् । कार्यालय स्थापना लगतै अब मिटरब्याजसँग सम्वन्धित सम्पूर्ण काम जनकपुरधामबाटै हुनेछ ।

कार्यालय नहुँदा आयोगले सिंहदरवारस्थित गृहमन्त्रालयबाटै काम गर्दै आएको थियो । सरकारले गत २० चैतमा मिटरब्याज पीडितको समस्या समाधान गर्न बिशेष अदालतका पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

कार्यालय उद्घाटनपछि गृहमन्त्री श्रेष्ठले दु्रतगतिमा काम सक्न निर्देशन दिएका छन् ।

आयोगले गत बिहीवार मिटरब्याज पीडितहरूसँग उजुरी आह्वान गरेको थियो । बिज्ञप्ती सार्वजनिक गर्दै आयोगले १७ देखि ३१ वैशाखसम्म उजुरी दिन आह्वान गरेको थियो ।

विज्ञप्तीअनुसार ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सकिने छ । उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भरिदिने आयोगले जनाएको छ ।

मिटरब्याजीपीडितका समस्या मुलुकभरबाट आउन थालेपछि सरकारले गत २७ साउनमा उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको थियो ।

कार्यदलले त्यसवेला पनि महिना दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी दिन मुलुकभरका पीडितलाई आह्वान गरेको थियो ।

मिटरब्याजको पासोमा मुलुकभर झन्डै दुई लाख पीडित रहेको भनिएको छ । तर, त्यसवेला दुई हजार सात सय ४८ मात्रै उजुरी परेका थिए । जसमध्ये दुई सय १० उजुरी समाधान भएका छन् । ५१ वटा अदालतमा विचाराधीन छन् । चार सय ७२ उजुरी छलफलका क्रममा छन् ।

बाँकी रहेका दुई हजार १५ मध्ये ६० प्रतिशत उजुरी अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएका छन् । तर, उजुरीमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।

 

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...