एसीसी प्रिमियर कप : ४५ रन जोड्दा गर्दा नेपालले ३ विकेट गुमायो
Tuesday May 02, 2023
वि.सं.२०८० वैशाख १९ मंगलवार ११:०४
काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत जारी खेलमा नेपाले ३ विकेट गुमाएर ४५ रन संकलन गर्न सफल भएको छ ।
टियू खेल मैदानमा बिहानबाट जारी खेलमा यूएई ११७ रनमा अल आउट भएको थियो । योसँगै खेल जित्न नेपालले ११८ रनको लक्ष्य पाएको छ ।
वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज९मंगलवार० बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हुँदैछ ।
सोमवार वर्षा भएपछि खेल दुई पटकसम्म रोकिएको थियो । यसक्रममा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ । स्थगित उक्त खेल मंगलवार बिहानबाट सुरु भएको थियो । नेपाल टस जितेर वलिङमा उत्रिएपछि यूएईले ब्याटिङ सम्हालेको थियो ।
नेपालको उत्कृष्ठ बलिङका कारण यूएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउन सकेको थियो ।
























