CG Electronics
IME Life
Ncell NPL

जनताको साथले शरणार्थी प्रकरण छानविनमा उर्जा मिलेको छ : गृह मन्त्री श्रेष्ठ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नक्कली शरणार्थी प्रकरणको कार्वाहीमा आम जनताले दिएको साथले सरकारलाई थप उर्जा मिलेको टिप्पणी गरेको छन् ।

 

शनिवार लोक साहित्यकार, संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा.स सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले, भ्रष्टाचारको जालोलाई तोड्ने क्रममा गरेको काममा आम जनताको सहयोगले सरकारलाई थप उर्जा मिलेको बताएका हुन् ।

उनले भने ‘समृद्धिको कुरा गर्ने भाषण गर्ने तर कमिसनको जालो र भ्रष्टाचारको जालोलाई तोड्न नसक्ने हो भने सुशासन स्थापित गर्न नसक्ने पुष्टि भईसकेको छ । अहिले सरकार सुशासनलाई स्थापित गर्ने समृद्धिको यात्रालाई तीव्र गर्ने कुरालाई गर्ने र सामाजिक न्याय स्थापित गर्ने कुरामा दृढ छ । त्यही क्रममा केही कार्वाही अगाडि बढेको छ यस प्रकारको आम समर्थन स्थिर छ ।

त्यसले सरकारलाई उर्जा दिएको छ । बलियो बनाएको छ । सबैको साथ सहयोगबाट समर्थन सहित सुशासनको अभियान अगाडि बढाइने छ । ’

उनले समस्या र चुनौतीहरुलाई चिर्दै समृद्धिको लक्ष हासिल गर्नुको कुनै अर्को विकल्प नभएको तर्क गरे ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनले मात्र समृद्धिको लक्ष हासिल गर्न सकिने उनको भनाई छ ।
उनले भने ‘कि नेपाली जनताले जे अपक्षा गरेका थिए जे आजको आवश्यकता छ ।

नेपालको राजनीतिक परिवर्तनले जे निर्देशन दिएको थियो त्यो स्तरको समृद्धिको लक्ष हामीले हासिल गर्न सकेका छैनौ । थुप्रै समस्या र चुनौतीहरु छन् । त्यसलाई समाधान गर्दै र चिर्दै समृद्धिको लक्ष हामीले हासिल गर्न पुग्नै पर्छ त्यसको कुनै अर्को विकल्प छैन् । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनको पहिलो सर्त हो ।’

मन्त्री श्रेष्ठले डा.स सत्यमोहन जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्न र उनको योगदानलाई अगाडि बढाउन स्थापित संथाहरुलाई सहयोग गर्न सरकारको तर्फबाट सहयोग गर्ने बचन दिए ।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...