NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजना बन्दै

NIMB
leapmotornepal (citroen)

 

 

 

काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे ३ वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए ।

इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । उनले परियोजना निर्माणमा ४० करोड रुपैयाँ लगानी भइसकेको बताए ।

‘यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ, धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ,’ उनले भने ।

झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र हिमालयन बैंक ९साविकको सिभिल बैंक०ले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ सेयरदाताहरूबाट लगानी गरिएको बताए । सो परियोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहने उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए ।

परियोजनाका मुख्य इञ्जिनियर केशव चापागाईंले २१ हजार ८४० थान प्यानल स्टेन जडान भइसकेको बताए । हाल स्थापना गरिएका प्यानल स्टेनमा ८१९ वटा सोलर प्यानल टेबल जडान गरिने उनको भनाइ छ ।

‘कुनै ठूला टेबल हुन्छन् कुनै साना, कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ,’ उनले भने ।

बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताए । उनले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उनले बताए । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी २ वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ ।

आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताए । उनले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादित विद्युत् प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिए ।

झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ । रासस

 

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी निर्माणका लागि सुरक्षित कार्यस्थल

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:२९

सल्यान, खलङ्गा । नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत खुकुरी...

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको पृष्ठभूमि र हरित गतिशीलताको नयाँ बहससँगै नेपालकै ठूलो मोबिलिटी मेला भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:१८

नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण...

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:२८

  काठमाडौं । होटल तथा आतिथ्य व्यवसायलाई शंकाको दृष्टिले नभई...

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:१६

  काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल...