NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाईदै

NIMB
leapmotornepal (citroen)

 

जनकपुर । मिथिलाञ्चलका महिलाहरुले बटसावित्री पर्व धुमधामसंग मनाइरहेका छन् । महिलाहरुले बिहानै स्नान गरी पवित्र बनेर वट वृक्षमा जल फलफूल चढाउनुका साथै धागोले बटवृक्षमा बन्धन गर्ने परम्परा छ । आज जनकपुरधामको विभिन्न सरोवरको डिल तथा मठ मन्दिरको प्रांगणमा रहेका बटको वृक्षको पूजा गर्न महिलाहरुको घुइँचो लागेको छ ।

मिथिलाञ्चल क्षेत्रमा खास गरी नवविवाहिताका लागि यो पर्व अत्यन्त महत्वपूर्ण मानिन्छ । वृक्षको पूजा गरी वृक्ष झैं अटल रुपमा श्रीमान अमर रहोस भन्ने आस्थाका साथ बटवृक्षको पूजा गर्ने प्रचलन छ । बट अर्थात् बरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र बरको रुखमुनि बसेर पतिको दीर्घायुका लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई बटसावित्री पर्व, बरसाइत पर्व पनि भन्ने गरिन्छ । हिन्दु धर्मको मान्यता अनुसार जेठ औंसीमा बरको रुखमा ब्रह्मा, विष्णु र महेश वास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुशी हुने धार्मिक विश्वास छ ।

यस पर्वको अवसरमा विवाहिता स्नान गरी नववस्त्र धारण गरी आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाइका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर बरको रुखमुनि बसेर पूजा गर्ने चलन रहीआएको छ ।
नागनागिनका लागि धानको लाबा र दूध पनि चढाउने गरिन्छ ।

धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने चलन रहीआएको छ । पहिला मैथिली ब्राह्मण, कायस्थ, देव र स्वर्णकार जातिका महिलाहरु मात्रै मनाउथे । भने अहिले अधिकांश जातिका महिलाहरुले मनाउने गरेको देखिन्छ ।

नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउन ससुरालीबाट नयाँ वस्त्रका साथै विभिन्न प्रकारका कोसेली, माटोको कलात्मक नाग, नागिन, गौरी र बेहुलाबेहुलीको मूर्ति पठाउने गरिन्छ । सर्पको डसाइबाट जोगिने उद्देश्यले नागनागिनको पूजा गरिन्छ । महिलाहरु एक ठाउँमा बसेर वटसावित्रीको कथा सुन्ने गरेको परम्परा छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...