कतिपय योजना वजेट वक्तव्यमा छुटेको अर्थमन्त्री प्रष्टिकरण : आर्थिक वृद्धिको लक्ष्य पुरा हुने दाबी
Tuesday May 30, 2023
वि.सं.२०८० जेठ १६ मंगलवार १५:०२
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा, सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताए ।
उनले भने ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । छुटेको छ । तर परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’
उनले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने दाबी गरे ।
‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ ।
पुर्वधार विकासमा जोड दिएका छौं । पुँजीको सिमीतता अझैपनि चुनौतीपुर्ण छ ।
पर्यटनको क्षेत्रमा ठुलो सम्भावना छ । आफै हामीले पुर्वधार विकास गर्न जरुरी छ।’























