CG Electronics
IME Life
NIMB

दलाल पुँजीपतिले आफ्नो उद्देश्य पूरा गर्न नेपाली मिडिया दुरुपयोग गरिरहेका छन् : प्रेस चौतारी नेपाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा एमाले र सो संगठन विरुद्ध दलाल, पुँजीपतिहरू विभिन्न दल र संगठनको नाममा उभिएका निष्कर्ष निकालेको छ ।

सोमबार बसेको सो संगठनको चौथो सचिवालय बैठकमा महासचिव हिरामान लामाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पत्रकार महाससंघको सदस्यता सुद्धिकरण लगायतका विषयमा प्रेस चौतारी विरुद्ध सबै शक्ति एक भएर लागेका उल्लेख छ । तर सदस्यता सुद्धिकरणका १५ बुँदे मापदण्डमा प्रेस चौतारी नेपाल प्रतिबद्ध भएर लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय पुँजीको विकास गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, जनताको जनवादी उत्पादन पद्धतिको विकास, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्दै सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्नु प्रेस चौतारी नेपालको मुख्य लक्ष भएको प्रतिवेदनमा उल्लेख छ । ‘यही कार्यदिशा अनुरूप हाम्रो सङ्गठनात्मक कार्यदिशा निर्धारण गरेका छौँ’, हाम्रो कार्यदिशाले तत्कालीन कार्यनीति, कार्यक्रम तथा कार्य योजनालाई नेतृत्व गर्नुपर्दछ’, महासचिवको प्रतिवेदनमा लेखिएको छ ।

अहिले आम सञ्चार क्षेत्र र सञ्चारकर्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, लगायत दृष्टिले नितान्त नयाँ मोडमा उभिएको प्रेस चौतारी नेपालको विश्लेषण छ । ‘सूचना प्रविधिमा अभूतपूर्व क्रान्ति भएको छ, यो क्रान्तिले अर्थतन्त्र, संस्कृति, आमसञ्चार, उत्पादन, वितरण प्रक्रिया र प्रकृतिमा नयाँ विशेषताहरू पैदा भइरहेका छन्, नेपाली सञ्चार जगतमा दलाल पुँजीपतिहरूले आफ्नो उद्देश्य पूरा गर्न मिडियाको पनि दुरुपयोग गरिरहेका छन्’, प्रतिवेदनमा स्पष्ट शब्दमा लेखिएको छ ।

दलाल पुँजीपतिले मिडिया दुरुपयोग गरेर राष्ट्रिय पुँजीपतिको गलत फ्रेमिङ गरेर गलत बिम्ब बनाइदिने प्रति चौतारीले चिन्ता व्यक्त गरेको छ । समाजवादको आधार तयार पार्ने यात्रामा यसले अवरोध गर्ने प्रेस चौतारी नेपालको ठहर छ । ‘प्रचारको क्षेत्रबाट त्यो अवरोध पन्छाउने हाम्रो महत्त्वपूर्ण कार्यभार हो’, प्रतिवेदनमा उल्लेख छ ।

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनले फैसला गरेको ‘समृद्धिका लागि सञ्चार कर्म प्रेस चौतारी नेपालको मूल मर्म’ भन्ने नारामा केन्द्रीकृत भई संगठनको कार्यदिशा, कार्यनीति, कार्यक्रम र कार्य योजना निर्माण गर्नुपर्ने निष्कर्ष सो संगठनले निकालेको छ । यो कार्यभार पूरा गर्न असाधारण रूपमा क्रियाशील हुनुपर्ने निष्कर्ष प्रेस चौतारी नेपालले निकालेको छ ।

संघर्षको आयाम बदलिएको बताउँदै प्रेस चौतारी नेपालले सयौँको जुलुस भन्दा एउटा आलेख, समाचार वा विचार बलशाली हुने निष्कर्ष निकालेको छ । सडकमा गरिने सयौँको प्रदर्शनभन्दा वा भौतिक उपस्थितिमा भएका आमसभाभन्दा कुनै एउटा सञ्चार सामग्री सुव्यवस्थित ढङ्गले निर्माण गरेर प्रवाह गर्न सक्यो भने त्यो प्रभावकारी हुने चौतारीको निष्कर्ष छ ।

चौतारीका सदस्यमा वैचारिक स्पष्टताको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष संगठनले निकालेको छ । चौतारीमा आबद्ध पत्रकारलाई व्यावसायिक रूपमा दक्ष बनाउन चौतारीले देशव्यापी तालिमहरूको आयोजना गर्ने महासचिवको प्रतिवदनमा उल्लेख छ ।

प्रेस चौतारीको सदस्य हुन व्यावसायिक दक्षता पहिलो मापदण्ड भएको चौतारीले प्रष्ट पारेको छ । ‘समाचार कक्षमा होस् वा रिपोर्टिङमा, प्रेस चौतारीका सबै सदस्य सधैँ अब्बल हुनुपर्छ’, प्रतिवेदनमा लेखिएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता भएको बैठकमा चौतारीका नयाँ इञ्चार्ज राजेन्द्र गौतमलाई स्वागत गरिएको थियो भने इञ्चार्जबाट बिदा हुनुभएका एमाले पार्टीका उपसचिव पृथ्वी सुब्बा गुरुङलाई बिदाइ गरिएको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...