गोर्खाज फाइनान्सका संचालक सागर शर्माको राजिनामा स्वीकृत
Wednesday Jun 21, 2023
वि.सं.२०८० असार ६ बुधवार १९:०५
ठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीका संचालक सागर शर्माले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।
कम्पनीको असार ५ गते बेलुका ४ बजे बसेको संचालक समितिको ४६९औं बैठकले संचालक शर्माको राजिनामा स्वीकृत गरेको हो ।

























