IME Life
NIMB

चीनका महामहिम राजदुत द्वरा पोखराका लागि सीजी मोटर्स (नेटा) शोरुम उद्घाटन साथै पहिलो इभि ट्याक्सी र माइक्रोबस हस्तान्तरण

NIMB
Himalayan Bank

 

 

काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा ) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका महामहिम राजदुत श्री चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गर्नुभएको हो । उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङ ले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उक्त उद्घाटन समारोहमा सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

राजदुत चेन सङ ले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडी को फाईदा धेरै नै रहेको कुरा ब्यक्त गर्नुभयो। नेपालमा ग्रीन इेनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले शाहयोग गर्ने बताउनु भया । साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताउनुभयो । सर्वजनिक यातायातमा इे भि गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकाय को ध्यानाकर्षण गराउनुभयो ।

सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री हेमन्त अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताउनुभयो । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन छ। इे भि ट्याक्सी र माईक्रोबसको सफलतरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माईक्रो बसहरु उपलब्ध हुनेछन।

उक्त कार्यकरममा पोखराका लागि पहिलो इभि ट्याक्सी साथै,पहिलो बिद्युतिय माईक्रो बसको चीनका महामहिम राजदुत श्री चेन सङले हस्तान्तरण गर्नुभयो। साथै अब पोखरा शहरमा बिद्युतिय गाडी को प्रयोग अजै बडाउन सुझाव दिनुुभयो।

पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सका एक कर्मचारीले बताउनुभयो । यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । यसका साथै नेटा भी गाडि भित्र प्रदुषण रहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भी मा विश्वको ठुलो ब्याट्रि निर्माण कम्पनी सिएटिएल ब्याट्रिको प्रयोग भएको छ ।

सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् । साथै गण्डकी प्रदेशमा इभि ट्याक्सी र बिद्युतिय माईक्रो बसका लागि सीजी मोटर्स प्रा लि ले अधिकारिक बिक्रेता का रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...