धनुषामा अपांगलाई कम्बल तथा जर्सी वितरण
Saturday Dec 29, 2018
वि.सं.२०७५ पुस १४ शनिवार ०७:३४
निरंजन साह,जनकपुरधाम। नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाले शुक्रबार अपांगहरुलाई कम्बल तथा जर्सी वितरण गरेको छ ।
नेपाल अपांग सघ खगेन्द्र नवजीवन केन्द्र को सहयोगमा धनुषा शाखाले ४१ जना अपांगहरुलाई कम्बल र शाखाका कार्यसमितिमा रहेका अपांगहरुलाई जर्सी वितरण गरेका हुन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका का केन्द्रिय अध्यक्ष मोहन मैजुको प्रमुख आतिथ्यमा आरम्भ भएको कम्वल तथा जर्सी वितरण कार्यक्रममा उहाँले पुस माघ महिनामा हुने कटकटाउँदो जाडोबाट जोग्नको लागि यसपाली हामी केहि कम्बलको व्यवस्था गर्न पुगेको तर्क राखे ।
उहाँले भने संघीय सरकारले हरेक प्रदेशका अपांगहरुलाई पुनस्र्थापनका लागि ५०–५० लाख रुपिया बिनियोजन गरको बताउँदै सो रकमबाट जनकपुर शाखाले कार्यक्रम संचालन का लागि सहयोग पाउने आशा रहेको जानकारी गराउनु भयो ।
सो अवसरमा केन्द्रिय महासचिव यज्ञ प्रसाद उप्रेती, केन्द्रिय उप महासचिव शिव दहाल,केन्द्रिय कोषाध्यक्ष नन्दकिशोर महासेठ,केन्द्रीय सदस्य इन्द्र कुमार झा लगायतले अगामी दिनमा आयमुलक कार्यक्रमहरु संचालन गर्ने तर्फ अग्रसर हुँदै जाने बताउनुभयो ।
धनुषा शाखा अध्यक्ष शिवचन्द्र साहले आफ्नो अध्यक्षीय मन्तव्य राख्दै अगामी दिनमा कम्तिमा एक हजार अपांगलाई पुग्ने गरी कम्बल वितरणको लागि व्यवस्था मिलाईदिन केन्द्रिय अध्यक्ष संग आग्रह गर्नुभयो ।
उहाँले धनुषा जिल्लामा १५ देखि २० हजार अपांग हुनसक्ने अनुमान गरिरहेका छन ।



























