CG Electronics
IME Life
NIMB

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । युनिभर्सल इलेक्ट्रोकम प्रा.लि, नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक, ले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ ।

हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड – श्री एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक – श्री सञ्जय अग्रवाल र महाप्रबन्धक श्री आयास जोशीद्वारा अनावरण गरिएको छ ।

 

कम्पनिले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको छ ।

नवीन प्रविधि युक्त वासिंग मेशीन

हिताची वासिंग मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ । यसमा प्रयोगकर्ता–मैत्री डिजाइन को साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ । यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरुमा उपलब्ध हुने छन् – जसमा ८ केजीको क्षमता द्यम्–डण्द्दज्ख्इक् मा रहेको छ भने ९ केजीको क्षमता द्यम्–ढण्द्धज्ख्ण्क् मा रहेको छ । यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ । साथमा स्टीम फंक्शन, ट्याङ्गल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगा धुन अझै सजिलो हुनेछ ।

यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिंग मेसिनहरू, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरूको संयोजनको साथ डिजाइन गरिएको छ जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ । यी वासिंग मेसिनहरूले दाग–धब्बा हटाउने (क्तबष्ल इउतष्mष्शबतष्यल), प्रि–वास र बेबी केयर विकल्पहरू सहित १६ विभिन्न प्रोग्रामहरूको साथ लुगा धुने मागहरूको विस्तृत दायरा पूरा गर्छन् । अटो डोर क्लीन विशेषताले सफाई र स्वच्छता कायम राख्छ, जबकी एन्टी–रिङ्कल विशेषताले कपडालाई पूर्ण रूपमा इस्त्री गरेको सरह मुलायम र जुनै समयमा लगाउनको लागि तयार राख्छ ।

अत्याधुनिक रेफ्रिजरेसन समाधान

हिताची डबल–डोर फ्रिज, मोडेल ज्च्त्ल्छद्दठछःँएक्ख्प्ज्, आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ । यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ , चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ ।

फ्लेक्सिबल फ्रेश सेलेक्ट फिचरले उपभोक्ताहरूलाई आफ्नो भण्डारण आवश्यकताहरू पूरा गर्न फ्रिजको खण्डलाई रुचि अनुसार निजीकृत गर्न सहज बनाउँछ । फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरू पनि छन जसले गर्दा यी फ्रिजहरुको व्यावहारिकता र फैशनेबल अपीललाई थप बढाउँछ । यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० के. जी. सम्मको भार थेग्न सक्ने क्षमता रहेको छ ।

राइस कुकरको साथ खाना पकाउने सरलता

हिताची राइस कुकर, मोडल च्श्–क्ज्ञडःः ध्, हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई अझै सहज र सजिलो बनाउन गरिएको हो । यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको घम् हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ ।

१२ –घण्टा सम्म खाना ताती रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ । यसका सरल फंङ्सन बटनहरू, ीभ्म् ष्निजत डिस्प्ले र स्वचालित यान्त्रिक खाना पकाउने विधिले गर्दा, जसले पनि निर्बाध तरिकाले स्वादिष्ट खान पकाउन सक्छन् ।

नवीनताका साथ मजबुत विश्वास

युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. ले हिताचीको नयाँ उत्पादन लाइन सार्वजनिक गरेसँगै नेपाली घरपरिवारका लागि महत्वपूर्ण प्राविधिक फड्को मारेको प्रतीक गर्दछ । राइस कुकर, वासिंग मेसिन, र डबल–डोर रेफ्रिजरेटरहरू सबैले तिनीहरूको अत्याधुनिक सुविधाहरू र प्रयोगकर्ता–अनुकूल डिजाइनहरूको साथ समकालीन जीवनको लागि स्तर बढाउने लक्ष्य राख्छन् ।

यस कार्यक्रममा श्री एल्भिन थामको उपस्थितिले ब्रान्डको गुणस्तर प्रतिको समर्पणलाई उजागर गर्दछ र ग्राहकहरूलाई यी उपकरणहरूले उहाँहरूको अपेक्षाहरू पूरा गर्ने र राम्रो परिणाम दिने ग्यारेन्टी दिन्छ । युनिभर्सल इलेक्ट्रोकम पनि नेपाली बजारमा आर्सेलिक हिताचीको क्रान्तिकारी र उच्चस्तारिय घरेलु उपकरणहरू उपलब्ध गराउन पाउँदा हर्षित छ । यी प्रतिष्ठित उद्यमहरूको साझेदारीले प्रविधि र सहजताको प्रभाव मार्फत नेपाली परिवारहरूको जीवन परिष्कृत गर्ने साझा उद्देश्यलाई प्रतिनिधित्व गर्दछ ।

हिताची घरायसी उपकरणहरूको बारेमा
हिताची अग्रगामी विश्वव्यापी व्यमवसायिक हो, जुलाई १, २०२१ मा आरसेलिकसँग संयुक्त उद्यम पछि हिताची ग्लोबल लाइफ सोलुशन्स इंक ले संयुक्त उद्यमको विश्वव्यापी आपूर्तिलाई अनुकुलन गर्न र बजारमा आफ्नो प्रतिस्पर्धीहरुलाई सुदृढ गर्न उनीहरूले अनुसन्धान र विकास जस्ता प्रमुख क्षेत्रहरूमा आफ्नो विशेषज्ञतालाई जोडेका छन् ।

आरसेलिक ले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभरका १५० देशहरूमा विस्तार गरेको छ। कम्पनीले युरोपमा उल्लेखनीय वृद्धि गरेको छ र पछिल्लो दशकमा आफ्नो व्यवसायमा दक्षिण एसियामा बलियो वृद्धि हासिल गरेको छ। हिताची जीएलसले मुख्यतया दक्षिण पूर्व एसिया र मध्य पूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ, यहाँ यसले उच्च स्तर ब्रान्डको छविको आनन्द लिन्छ ।

युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. को बारेमा
५० वर्ष अघि स्थापना भएको रमेश कर्प नेपालकै एक ठुलो निजि औधोगिक र व्यापारिक समुह हो । रमेश कर्पको नेपालमा उत्पादन, वित्तियसेवा, घरजग्गा, जलविद्युत, खानि, मोबाइल फोन, लगानी, निर्माण जस्ता विस्तृत क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ । कम्पनीले आफ्ना व्यावसायिक अभ्यासहरुमा ँयचधबचम तयनभतजभच संगै अघी बढौ भन्ने मुल नारा लाई आत्मसात गरेको छ । आफ्ना ग्राहकहरु, कर्मचारीहरू, लगानीकर्ताहरू, र साझेदारहरूका साथै रमेश कर्पले राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकाङ्क्क्षा राखेको छ ।

 

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...