CG Electronics
IME Life
NIMB

नेपाल रेडक्रसका विसंगती हटाउनु पर्छ : मन्त्री बस्नेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल रेडक्रसमा विसंगतिहरू मौलाउँदै गएको गुनासो गरेका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्यमन्त्री बस्नेतले देशमा आउने विभिन्न संकटमा रेडक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

‘देशमा समस्या परेको समयमा रेडक्रम जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ । यसमा भएका केही विसंगतिहरुलाई न्यूनीकरण गर्दै जानुपर्छ,’ मन्त्री बस्नेतले भने,‘काम जति पवित्र भयो त्यहाँ त्यती नै गुनासाहरू हुन्छन्, त्यती हुदाँ पनि रेडक्रसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।’

नागरिकले गरेको रक्तदानको सदुपयोग हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले भने,‘त्यसको सदुपयोग हुन सकेन् भने त्यो अपराध हुन्छ । आफूले गरेको काममा होसियारीका साथ क्रियाकलाप अगाडि बढाउनु पर्छ । यसबाट पाउँने आत्म सन्तुष्टि हो ।’

नेपाल रेडक्रसको आफु पनि एक सदस्य भएको जनाउँदै बस्नेतले भने,‘मबाट हुनसक्ने, मेरो मन्त्रालयबाट हुन सक्ने सहयोग गर्छु । म तपाईहरुको साथमा छु ।’

आगामी दिनमा अझ परिष्कृत भएर आफ्नो कामहरु अगाडि बढाउन र जनअपेक्षा तथा चहाना अनुसार काम गर्न पनि आग्रह गरे । ‘संस्थाको उद्देश्य, कार्यशैली त्यसलाई पूर्णता दिन हामीले सक्छौ । देशमा रगतको आवश्यकता परेको समयमा रक्तसञ्चार, रेडक्रस जस्तो संस्थाले रगत पु¥याउने काम गरेको छ । आगामी दिनमा पनि गरोस्,’उनले भने ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले प्रयास थालेको पनि मन्त्री बस्नेले बताए । उनले भने, ‘उपत्यकामा १०१ फार्मेसिको अनुगमन गरेका छौ । देशभर ७७ जिल्लामा गरेका थियौं । लागू औषध, डेट सकिएको पनि राखेको थियो ।

राख्न नहुने स्थानमा औषधी राख्या छ, अखाद्य वस्तु राखिएको छ । अनुगमनमा एउटा मात्रै फार्मेसि राम्रो देखियो । २÷३ महिनाभित्र सेतो कोट दिवस मनाउँदै छौ, यो क्षेत्रमा काम गर्ने सबैलाई सम्मान गर्ने छौं ।’

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...