NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

 ८  लाख रुपैयाँ  छ जना विरामीलाई  हस्तान्तरण

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । अमेरिका निवासी सोनी योन्जन र विनोद मोक्तानको संयोजकत्वमा सङ्कलित ८ लाख २६ हजार ३९१ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

शनिवार घ्याङडाँडा युवा क्लबले एक कार्यक्रम आयोजना गरी ६ जना विभिन्न रोगका बिरामीहरूलाई सो रकम हस्तान्तरण गरिएको हो ।

जसमध्ये लिसंखुपाखर९४, का कलेजो रोगी मिक्मार दोर्जे लामालाई ३ लाख ७० हजार ५५५ रुपैयाँ, सोही वडा नं ४ का आगोले पोलेको बिरामी अमृत लामालाई ९७ हजार १२५ रुपैयाँ, सोही पालिका वडा नं २ की मृगौला रोगको बिरामी वर्षा श्रेष्ठलाई १ लाख १२ हजार, वडा नं ७ की शारीरिक अशक्त र हाडको बिरामी सविना लामालाई १ लाख १२ हजार, सो पालिका वडा नं ५, की क्यान्सर रोगी पुनु तामाङलाई ७३ हजार ८५० रुपैयाँ र बागलुङ, काँठे खोलाका विद्युत सर्ट भइ एक हात गुमेका सनम नेपालीलाई ६० हजार ८३१ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

घ्याङडाँडा क्लबले नेपाली काँग्रेस इकाई समिति लिसंखुपाखर९४, अत्तरपुरको सहजीकरणमा सहयोगी दातालाई सम्मान पत्र र सङ्कलित रकम बिरामीहरूलाई प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति एवं महाधिवेशन प्रतिनिधि दोर्जे लामा ९हाउडे० ले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सम्मानित हुनेहरू अमेरिका रहेका वरिष्ठ समाजसेवीहरु क्रमशः विनोद मोक्तान, विमल मोक्तान, सोनी लामा, कविलाल घिसिङ, याङ्जी लामा योन्जन, दुबई रहेका मकर मोक्तान रहेका छन् । उनीहरूको सम्मान पत्र प्रदान गरेका छन् । सम्मान पत्र आआफ्ना प्रतिनिधिहरूले बुझेका छन् ।

त्यसै गरी एभिन्यूज टेलिभिजनका सुमन गौतम, सिद्धार्थ युवा क्लब, अन्दर्भुङ क्लब, सिक्रे क्लब, सेती देवी क्लब, काली देवी लगायतलाई क्लबले सम्मान पत्र दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति लामाले क्लबको यो कार्य सराहनीय रहेको भन्दै पीडितहरूको घाउमा मल्हम लगाउने सहयोगी दाताहरूलाई धन्यवाद दिए ।
क्लबले आगामी दिनमा समेत यस्तै कार्यहरूलाई निरन्तरता दिँदै गएमा आफ्नो समेत विशेष सहयोग रहने उपसभापति लामाले प्रतिबद्धता जनाए ।
त्यसै गरी कार्यक्रमका विशेष अतिथि बिर्जु मोक्तान, तरुण दलका केन्द्रीय सदस्य ढुबा छिरिङ मोक्तान, लिसंखुपाखर गाउँपालिकी काँग्रेस उपसभापति बबिता योन्जन लगायतले मन्तव्य राखेका थिए ।

कुल ८ लाख २६ हजार ३९१ रुपैयाँ सङ्कलन भएका अभियानका मुख्य अभियन्ता गौतम मोक्तान हुन् । गौतम क्लबका अध्यक्षसमेत हो ।
उनलाई अमेरिकाबाट वरिष्ठ समाजसेवी विनोद मोक्तान, सोनी लामा र युएईबाट मकर मोक्तानले सहकार्य गरेका थिए । अभियन्ता गौतमको संयोजकत्वमा कोरोना कालमा समेत लिसंखुपाखर९४, अत्तरपुरमा शिविर सञ्चालन गरेर व्यवस्थापन गरेका थिए ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...