CG Electronics
IME Life
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । इन्स्योरेन्स एशिया सिंगापुरबाट दुई फरक विधामा सम्मानित भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले उत्सव मनाएको छ। होटल हिमालयमा आयोजित कार्यक्रममा कम्पनीले सरोकारवालाहरुबीच खुशियाली साट्दै उत्सव मनाएको हो ।

बीमामा समावेशिताका लागी इन्क्लुजन इनिसिएटिभ अफ द इयर नेपाल र बीमा योजनामा नवप्रवर्तनका लागी न्यू इन्स्योरेन्स प्रडक्ट अफ द इयर नेपाल विधामा इन्स्योरेन्स एशियाले हिमालयन एभरेष्टलाई सम्मान गरेको हो । पिडब्लुसी हङकङ, इएमएसटी एण्ड योङ, केपिएमजी सिंगापुर र डेलोयट सम्मिलित निर्णायक मण्डलीले कम्पनीलाई यो सम्मानका लागी चयन गरेको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमकको सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले स‌ंयुक्तरूपमा सम्मानको प्रतीक सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले अन्तर्राष्ट्रिय सम्मानले नेपालको बीमा क्षेत्रको गरिमा अझ बढ्ने भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अन्तर्राष्ट्रिय सम्मानले नेपालको बीमा क्षेत्रलाई थप उचाइँमा पुर्‍याएकोमा भन्दै सम्मानले अझ उत्कृष्ट सेवा प्रदान गर्न उर्जा मिलेको बताए ।

बीमा व्यवसायलाई समय सापेक्ष प्रविधि मैत्री, आधुनिक र व्यवसायीक बनाउँदै लैजाने हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रयासलाई अझ प्रोत्साहन मिलेको कम्पनीले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक :...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१९

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक...

डाबरको मह खान अयोग्य : बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

डाबरको मह खान अयोग्य : बजारबाट तत्काल...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१५

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल...

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा...

वि.सं.२०८३ जेठ ७ बिहीवार २२:२९

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

वि.सं.२०८३ जेठ ७ बिहीवार २१:५८

काठमाडौं । नेपालको भौगोलिक विविधता र अथाह प्राकृतिक वनस्पतिजन्य स्रोतका...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी...

वि.सं.२०८३ जेठ ७ बिहीवार २१:२२

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी...