CG Electronics
IME Life
NIMB

विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला हुँदै, महिला उद्यमीका उत्पादन प्रदर्शनी हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

साउन २४, काठमाडौं । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ । विन बहुउद्देश्यीय सहकारीले यही साउन २६, २७ र २८ गते १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो ।

महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहने छन् । मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनी तथा बिक्री हुने विन बहुउद्देशीय सहकारीले जानकारी दिएको छ ।

मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, निःशुल्क वाईफाई, निःशुल्क मास्क, निःशुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको छ ।

विन बहुउद्देश्यीय सहकारीले महिलाहरूलाई उद्यमी बनाउन बेसिकदेखि एडभान्ससम्मको तालिम समेत सञ्चालन गर्दै आएको छ ।

तालिममा सहभागीले बनाएका उत्पादनको प्रवर्द्धन गर्न मेलामा प्रदर्शनी र प्रतियोगिताको समेत आयोजना हुने सहकारीले जनाएको छ ।

यसका साथै महिला उद्यमशीलता तालिमका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक हुने बताइएको छ ।

३ दिनसम्म चल्ने मेला १० देखि १५ हजारले अवलोकन गर्ने र ५० देखि ७५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।

विन बहुउद्देशीय सहकारी संस्था महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्य लिएर सन् १९९१ मा सहकारी ऐन अन्तर्गत स्थापना भएको बजारीकरण गर्ने नेपालकै पहिलो सहकारी संस्था हो ।

संस्थाले स्थापना कालदेखि नै आफ्ना महिला सदस्यका साथै उनीहरूको सहभागीताजमा सञ्चालित उद्योग व्यवसायबाट उत्पादन गरिएका वस्तु एवं सेवाहरूलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्दै आएको छ ।

यस बाहेक महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सीप अभिवृद्धि तालिम समेत सञ्चालन गर्दै बजारीकरण सहयोग गर्दै आएको छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...