नक्कली शैक्षिक योग्यता सर्टिफिकेटका आधारमा ६ बैंकर प्रकाउ
Monday Aug 14, 2023
वि.सं.२०८० साउन २९ सोमवार १९:०३
काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र(सर्टिफिकेट) का आधारमा ६ बैंकर प्रकाउ परेको छ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र(सर्टिफिकेट) का आधारमा सिटिजन्स बैंकका नक्कली सर्टिफिकेटधारी कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध थालेको अपरेसन अभियानका क्रममा पक्राउ परेका ६ जनालाई नै प्रहरीले प्रकाउ गरेको हो । बैंकको सिईओ भने यती बेला वैदेशिक भ्रमणमा निस्किएका छन्।
आज काठमाडौंबाट एक र बुटवलबाट पाँच जना गरी ६ जना प्रकाउ गरेर काठमाडौं ल्याउदै गरेको नेपाल प्रहरीका कुबेर कडायतले जानकारी दिए ।सिटिजन्स बैंकको १० जना कर्मचारीविरुद्ध मुद्धा परेको हुँदा छानविनको लागि प्रकाउ गरीएको उनले बताए । आवश्यक बिषय छानविनपछि मात्रै बाहिर आउने उनले बताए ।
नक्कली सर्टिफिकेट प्रकरणमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले हिरासतमा लिईसकेको छ। पक्राउ पर्ने कर्मचारीहरु विभिन्न शाखामा कार्यरत छन् ।प्रहरीका अनुसार मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट पक्राउ परेका हुन् । बाँकि चारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
भारतीय दुतावाससंगको सहकार्यमा विभिन्न बैंकहरुमा भारतीय नक्कली सर्टिफिकेटधारी कर्मचारीहरुका बारेमा छानविन भइरहंदा अन्य थुप्रै बैंकहरुमा पनि भारतीय नक्कली सर्टिफिकेट देखाएर जागिर खाने कर्मचारीहरु रहेको पाइएको छ ।यसअघि छानविनमा परिने डरले बैंकबाट केहीले जागिर छोडेका थिए ।




























