CG Electronics
IME Life
Ncell NPL

विमानस्थलबाट बरामद सुनको वास्तविक तौल ६० केजी ७ सय १६ ग्राम मात्रै !

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिर बरामद गरिएको तस्करी गरेर ल्याइएको सुनको तौल ६० केजी ७ सय १६ ग्राम मात्रै मापन भएको छ ।

तौल गाल्ने काम सकिएसँगै उक्त करिव एक क्विन्टल भनिएको सुनलाई मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालेपछि तौल मापन गर्दा ६० केजी ७ सय १६ ग्राम मात्रै पाइएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

उनले भने,‘धेरै हंगामा मच्चाएको सुन तस्करी काण्ड भन्नेमा हामीले ल्याउँदाखेरी सबै पोकाहरुसहित १ सय ५५ केजी ६८ ग्राम भएकोमा त्यसका बे्रक सु र कार्टुनहरु, अन्य कच्चापदार्थहरु छुट्याएर आएको तौल थियो ६० किलो ७ सय ७९ ग्राम ।

आज हामीले गाल्ने काम गरेका छौं । गालिसकेपछि धेरै ठूलो जर्ती गएन । गालिसकेपछि ६० किलो ७ सय १६ ग्राम सुनको तौल आएको छ ।यसमा ३४ ओटा सुनको विस्किट साँचोमा बनेका छन् । जर्ती ७३ ग्राममात्र गएको छ ।’

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा आज बिहान साढे १० बजेबाट सुन गाल्न थालिएको थियो ।

गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान गरिएको र त्यसैअनुसार सुन घटेको आर्चायको भनाई छ । अब सुनको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।

सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...