CG Electronics
IME Life
Ncell NPL

नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न समझदारी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

काठमाडौं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरेका हुन् ।

 

दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ ।

परिसंघ सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । उनले ‘ब्रेन ड्रेन’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको बताउँदै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउँदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने विश्वास व्यक्त गरे ।

आईडीया स्टुडीयोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गरे ।

परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आईडीया स्टुडियोकी सदीक्षा श्रेष्ठ लगायत सहभागी थिए।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...