CG Electronics
IME Life
Ncell NPL

गुणस्तरीय शिक्षाका लागि दिवा बोडर्सदेखि डिजिटल कक्षासम्म

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको विष्णु जनज्योति माध्यमिक विद्यालयले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षण सिकाइका नयाँ विधि अवलम्बन गरेको छ ।

गुणस्तर सुधारका लागि डिजिटल कक्षादेखि दिवा बोडर्ससम्मका कार्यक्रम सञ्चालन गरिएको छ । १२ कक्षासम्म सञ्चालन हुने विद्यालयले प्राविधिक धार अन्तर्गत कृषि विषयमा समेत पठनपाठन गर्दै आएको छ ।

पुरानै प्रक्रियाले पठनपाठन गर्दा सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार हुन नसक्ने निष्कर्षसहित नयाँ विधि प्रक्रिया अवलम्बन गरिएको विद्यालयका शिक्षक दीपक राउतले बताए ।

उनका अनुसार अहिले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई तीन समूहमा विभाजन गरी दिवा बोडर्स सञ्चालन गरिएको छ । कक्षा एकदेखि तीनसम्मका विद्यार्थीलाई विद्यालय समयबाहेक बिहान एक घण्टा र चार बजेपछि थप एक घण्टा विद्यालयमै राखेर पढाउने गरिएको उनले बताए ।

कक्षा ५ देखि ७ सम्मका विद्यार्थीलाई थप तीन घण्टा र आठदेखि माथिकालाई दैनिक थप पाँच घण्टा कक्षा सञ्चालन गरेर पढाउने गरिएको उनले जानकारी दिए ।

त्यसवापत विद्यार्थीसँग केही थप शुल्क लिएको भए पनि कतिपय अभिभावक त्यो तिर्न नसक्ने अवस्थामा रहेकाले त्यसको व्यवस्थापन विद्यालयको कोषबाट गरिएको उनले बताए ।

‘विद्यालय समयमा मात्रै पठाएर शिक्षाको गुणस्तर सुधार गर्न सकिँदैन भन्ने निष्कर्षका साथ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमा नै राखेर पढाउन लागेका छौँ’ उनले भने ।

सो विद्यालयले विद्यार्थीलाई बुझ्न सजिलो होस् भनेर डिजिटल माध्यमबाट समेत पढाउने गरेको छ । हरेक कक्षा कोठामा एलइडी मनिटर राखेर विज्ञहरू मार्फत् डिजिटल कक्षा सञ्चालन हुने गरेको छ ।

खाँडादेवी गाउँपालिकाले यस वर्षलाई शिक्षाको वर्ष घोषणा गरेको छ । सोही घोषणा अनुसार गाउँपालिकाले पनि शिक्षा क्षेत्रको सुधारको लागि विशेष बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले दिवा कक्षाको लागि खाजाको व्यवस्थाका साथै माथिल्लो योग्यता भएको शिक्षकको लागि थप भत्ता, प्रधानाध्यापकलाई विद्यालयमा नै आवास सुविधा सहितको भत्ता लगायतको व्यवस्था गरेको छ ।

त्यस्तै शिक्षकहरूको क्षमता विकासको लागि विभिन्न तालिमका कार्यक्रम, अन्तरक्रिया र छलफल समेत निरन्तर सञ्चालन गर्दै आएको छ ।

‘शिक्षाको विकास नगरी समग्र विकास सम्भव छैन, गाउँमा राम्रो शिक्षा भएको कारण कतिपय मनिस बच्चहरुलाई पढाउनकै लागि सहर पसेका छन्, त्यसैले शिक्षा गुणस्तर सुधारको लागि यस वर्षलाई हामीले शिक्षाको विशेष वर्ष घोषणा गरेका छौँ र त्यही अनुसारका कार्यक्रम पनि सुरु गरेका छौँ’, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने ।

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...