IME Life
NIMB

मगरले खेती गर्न छाडेकामा उपसभामुख चिन्तित

NIMB
Himalayan Bank

 

काठमाडौं । उप–सभामुख इन्दिरा राना मगरले बालबालिकामा लगानी बढाउनुपर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दुई दिने आदिवासी प्राज्ञिक मगर सम्मेलनमा उनले बालबालिका नै देशको भविष्य भएकोले उनीहरुलाई आर्थिक, सामाजिक, सांस्कृति सबै पक्षबाट लगानी गर्न आवश्यक भएको बताईन् ।

उनले बालबालिकालाई भाषा, धर्म, संस्कार, संस्कृति सबै कुराबारे अहिलेबाटै सिकाउनुपर्ने भन्दै मगर प्राज्ञिक समूहलाई यसकुरालाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।

 

उपसभामुख रानाले भनिन्, ‘हामी ठूलाठूला विकासको कुरा गर्छौ तर,जो भोलिको हाम्रो भविष्य निर्माणका खम्बाहरु हुन् । ती हाम्रा भविष्यका पुस्तालाई विर्सियौं भने राम्रो हुँदैन ।

त्यसैले हाम्रा भाषा, धर्म, संस्कार र संस्कृतिबारे साना बालबालिकालाई सिकाउनुपर्छ । आज हामीले उनीहरुमाथि लगानी गर्यौं भने सय वर्ष अगाडि जान्छ र त्यसको लेगेसी निरन्तर अगाडि बढ्छ ।’

उनले मगर समुदायले अर्गानिक खेतीपाती गर्दै आएको र हाल त्यसले निरन्तरता पाउन छाडेकोमा चिन्ता प्रकट गरिन ।
‘मगर समुदायमा पहिला कन्दमूल जस्ता अर्गानिक चिजहरुमात्र खाने प्रचलन थियो ।

अब त मगरहरुले खेती नै गर्न छाडिसके । क्यामिकलको लागि बजेट छुट्याउनुभन्दा हामीले जहाँ मगर गाउँ धेरै छ, त्यहाँको पुरानो मगर खाना र संस्कृतिको प्रमोट गर्नुपर्छ । जब खानै राम्रो खाएका छैनांै र सफा पानी पिएका छैनौं भने त्यो देशको सम्वृद्धि हुँदैन भन्ने ठान्छु म’ रानाले भनिन् ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...