CG Electronics
IME Life
NIMB

एडीबीले नेपाललाई १३ अर्ब ३३ करोड सहुलियतपूर्ण ऋण दिने

NIMB
Himalayan Bank

 

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सुदृढीकरण सेवा प्रवाह कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई करिव १३.३३ अर्ब सहुलियतपूर्ण ऋण दिने भएको छ ।

यसका लागि अर्थ मन्त्रालयमा शुक्रबार सचिव डा.कृष्णहरि पुष्कर र एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड काचोइसले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अर्थ मन्त्रालयका सचिव पुष्करले भने, ‘सार्वजनिक वित्त व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहको क्षेत्र नेपाल सरकारको सुधार एजेन्डाको सधैं उच्च प्राथमिकतामा छ ।

वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहको अभिवृद्धि तथा सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधार बजेटको प्राथमिकतामा छ । विभिन्न सुधारका पहलहरूमार्फत वित्तीय व्यवस्थापनलाई पोषण र वित्तीय संघीयताको प्रवर्धन गर्न यो कार्यक्रम डिजाइन गरिएको हो ।’

एडीबीका नेपाल निर्देशक काचोइसलले नेपालले सहयोग रकम सदुपयोग गर्ने विश्वास व्यक्त गरे । ‘एडीबी समर्थित कार्यक्रम वित्तीय स्थायित्व र वित्तीय संघीयतालाई प्रवर्धन गर्न सुधारहरू सहज बनाउन महत्वपूर्ण कार्यक्रम हो ।

यो १५औं पञ्चवर्षीय योजनामा उल्लिखित सरकारको मध्यकालीन र दीर्घकालीन राष्ट्रिय विकास योजनाहरूसँग सम्बद्ध छ,’ उनले भने, ‘सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको देश बनाउने आर्थिक विकासको भिजनमा सहयोग हो ।’

प्रस्तावित कार्यक्रम नीतिमा आधारित बजेट सहयोग हो । जसअन्र्तगत २ वटा उपकार्यक्रमहरू छन् । सो मध्येको उपकार्यक्रम १ सम्पन्न भएको र उपकार्यक्रम २ ले राष्ट्रिय र स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका क्षेत्रहरूमा सुधारका काम जारी राख्न उक्त सहयोग रकम खर्च गर्ने मन्त्रालयले जनाएको छ ।

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...