आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
Wednesday Dec 13, 2023
वि.सं.२०८० मंसिर २७ बुधवार ०९:३६
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग राजीनामा बुझाएको बताएका छन्।
२०७८ फागुन २६ गते तीन वर्षे कार्यवधिको लागि थानीले नियुक्ति पाएका थिए। उनले एक वर्ष नौ महिनामा नै पदबाट राजीनामा दिएका हुन्।
थानीले भोलि (बुधबार) देखि लागू हुने गरी राजीनामा बुझाएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ।
‘४ बजे राजीनामा बुझाएर जानुभयो, मेरो व्यक्तिगत कारणले राजीनामा दिएको भन्नु भएको छ,’ सचिवालयका एक अधिकारीले भने।

























