CG Electronics
IME Life
NIMB

तीन तहको सरकार बनेपछि सुशासन अझ खल्बलियो : सचिव आचार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यले संघीयतापछि बनेको तहगत सरकारमा सुशासन झन् खल्बलिएको बताएका छन् ।

जनताको नजिकको सरकार स्थानीय तहलाई नै सुशासनको पाठ पढाएर धेरै कुरा सिकाउनुपर्ने अवस्था पाइएको आचार्यको भनाई छ ।

बुधबार सुशासन प्रर्वद्धन र सन्तुलित बिकास सम्बन्धमा संघीय संसद र सरोकारवाला निकायसँगको अन्तरक्रियामा सहभागी सचिव आचार्यले तीन तहको संरचनागत सरकार बनिसकेपछि सुशासन अझै खल्बलिएको बताए ।
‘अहिले तीन तहको सरकार भैसकेपछि यो सुशासन अलि खल्बलिएको छ । जनताको दहिलोको सरकार भनेर हामीले स्थानीय तहलाई भनेका छौं तर, उनीहरुलाई नै सुशासनको पाठ पढाएर धेरै सिकाउनुपर्ने र अन्तर्क्रिया गर्नुपर्ने अवस्था छ’, आचार्यले भने ।

आचार्यले सम्पति विवरण बुझाउन आनाकानी गर्नेमा करारमा कार्यरत कर्मचारीसँगै स्थानीय तहका जनप्रतिनिधि धेरै रहेको र उनीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी विवरण बुझाउनलाई केन्द्रले प्रोत्साहन गर्दै आएको बताए ।

उनले भने, ‘आव ०७८÷०७९ मा सम्पति विवरण बुझाउनेको संख्या ७ लाख १९ हजार १५७ जना रहेका छन् । सचेतनाको कमी भएर सम्पति विवरण नबुझाउनेको संख्या ९ हजार ५ सय ९० अर्थात् १ दशमलव ३२ प्रतिशत छन् ।

जसमा करारमा काम गर्ने कर्मचारीहरु र स्थानीय तहमा चुनाव जितेर पनि सम्पति विवरण बुझाउनुपर्दैन भन्ने भावना राखेर नबुझाउने जननिर्वाचित प्रतिनिधिहरु पर्नुहुन्छ । हामीले उहाँहरुलाई बेलाबेलामा सचेतनामूलक कार्यक्रम गरेर सम्झाएका छौं । त्यसपछि सम्पति विवरण बुझाउनुपर्छ भन्ने भावना बढ्दो छ ।’

त्यस्तै उनले सतर्कता केन्द्रको लागि छुट्टै कानूनी व्यवस्था नहुँदा त्यसको असर केन्द्रको काममा परेको बताएका छन् । केन्द्रको लागि भवन, विशेषज्ञ जनशक्तिले काम गर्ने वातावरणको अभावलगायतका कारण काममा उदासिनता आएको बताए ।

‘२०५९ सालपछि यो सर्तकता केन्द्रको रुपमा स्थापना भयो तर, छुट्टै यसको विशिष्टिकृत ऐन नै छैन ।केन्द्रको आफ्नै भवन छैन् ।

प्रयोगशाला त छ तर,अर्काको विल्डिङमा आश्रय लिनुपरेको अवस्था छ ।विशिष्टिकृत जनशक्तिलाई टिकाइराख्नको लागि कार्य वातावरण छैन । केन्द्र्रमा रहेको केन्द्रमा रहेको प्रशासनिक प्रहरी प्राविधिक जनशक्तिलाई प्रोत्साहन भक्तको अभाव छ ।’

उनले केन्द्रको सहमसत विना छिटोछिटो कर्मचारी सरुवा गर्ने प्रवृतिले केन्द्र हाल कर्मचारी सरुवा गर्ने ट्रान्जिट पोइन्ट बनेको र त्यसको असर केन्द्रको काममा परेको गुनासो गरे ।
‘केन्द्रको सहमतिविना छिटोछिटो कर्मचारीको सरुवा हुन्छ यहाँ । सर्तकता केन्द्र संघीय निकाय हो ।

संघमा कर्मचारी आउन चाहान्छन् तर,सर्तकता केन्द्र चाँही ट्रान्जिट पोइन्ट बनेको छ । प्रदेशबाट सरुवा भएर आउने कर्मचारीहरु तीनचार महिना यसो अल्मलिने अनि सामान्य प्रशासन मन्त्रालयमा गएर अन्यन्त्र भाग्ने प्रचलन छ ।

प्रोत्साहन भक्ता नहुनु,सरुवा भएर आएकालाई मनिटरिङ नभएकोले यहाँबाट अन्यन्त्र छिटोछिटो सरुवा भएर गैरहेका छन् । सहमतिविना चाँडोचाडो कर्मचारी सरुवा भएको कारणले हामीले फिल्डमा गएर उजुरी छानविन गर्ने कामहरुमा प्रभाव परेको छ’ सचिव आचार्यले भने ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...