CG Electronics
IME Life
NIMB

अर्थतन्त्रका सूचक अत्यन्तै सकारात्मक छन् : अर्थमन्त्री महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक अवस्था समग्रमा सकारात्मक र राम्रो भएको दाबी गरेका छन् । उनले आर्थिक सूचकहरु पनि अत्यन्तै सकारात्मक भएको बताए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पूँजीगत खर्च ६ प्रतिशतले बढेको, राजस्वतर्फ भन्सार दर महशुलमा १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ७ दशमलब १९ प्रतिशत, आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको तथा समग्रमा ७ दशमलब ५७ प्रतिशतले राजस्वमा वृद्धि भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारोन्मुख भएको बताएका हुन् ।

अपेक्षा गरेकोभन्दा कम राजस्व उठेपनि अर्थतन्त्रको सूचकहरु अहिले अत्यन्तै सकारात्मक बन्दै गएको, मौद्रिक नीति दर घटाउँदा बैंकहरुले ब्याजदर घटाउनमा मद्दत पुगेकोले ऋणीहरुलाई समेत राहत हुने अर्थमन्त्री महतले बताए ।

उनले भने, ‘मौद्रिक नीति दर घटाउँदा बंैकहरुले विस्तारै घोषणा गर्न थालेकोले ब्याजदर पनि कम हुँदै जाने अवस्था छ । यसले ल्यान्डिङ विस्तार हुने अवस्था अब आउँछ । जसले ऋण लिएका थिए उनीहरुलाई पनि राहत पुग्छ । बैंकहरुको औसत आधार दर १० दशमलब ४८ प्रतिशत रहेकोमा हाल ९ दशमलब ९४ रहेको छ ।’

२०८९–०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६८ दशमलब ५५ अर्ब ऋण प्रभाह भएकोमा अहिले १ सय ३० अर्ब पुगेको उनले बताए ।

‘अर्थतन्त्रमा पूँजी विस्तारै चलायमान हुँदै गएको छ । ०८० मसान्तसम्मा चालु खातामा ५९ अर्ब बचत र ९९ अर्बको शोधानान्तर बचत छ’ अर्थमन्त्री महतले भने, ‘१२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकोले बाह्य परिवेशमा हामी सहज अवस्थामा छौं ।’

असोज मसान्तसम्म विप्रेषण ३० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए ।

यो वर्ष हालसम्म ९ लाख ५४ हजार पर्यटनको आगमन भएको जानकारी दिँदै महतले यतिमै चित्त बुझाएर बस्ने अवस्था भने नरहेको, अझ बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विद्युत प्रशारण लाइन पनि यही वर्षदेखि ९०० मेगावाट वृद्धि हुने अवस्था छ । समग्रमा आर्थिक सूचकहरु अत्यन्त सकारात्मक भएर गएको छ ।’

उत्पादन र रोजगारी वृद्धि हुन अझै केही समय लाग्ने भन्दै अर्थमन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको यथेष्ट रहेकोले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरे ।

‘उत्पादन वृद्धि, रोजगारी वृद्धि हुनमा केही समय लाग्छ, रातारात हुँदैन । तर, हाम्रो अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको छ । सबैखाले सूचकहरु पोजेटिभ भएको अवस्था छ । मौद्रिक नीतिको पछिल्लो घोषणापछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको छ । जग्गाको कारोबार पनि बढ्ने अवस्थामा छ’ मन्त्री महतले भने ।

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...