CG Electronics
IME Life
NIMB

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्घार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ ।

यही १ पौष २०८० मा भएको उक्त समझौता २ वर्षका लागि भएको हो । सम्झौता पत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको OPD Tickets, Lab Investigation, X-Ray/USG/ECG, General Bed Charge, Cabin/ICU/NICU/CCU, Operation Charge, CT Scan, Physio Therapy आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

ग्राहकले आफ्नो Demat Confirmation तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता -Demat Account) खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।

“बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पु¥याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाण्डौ, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु” ।

भनी यस अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने । लुम्बिनी रोड भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटल आधुनिक प्रविधियुक्त एक उत्कृष्ट हस्पिटल हो, जसमा विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् ।

१०० शैयाको योहस्पिटलमा २४सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविन सुविधाहरू छन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना product तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ ।

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...