CG Electronics
IME Life
NIMB

निसानको नयाँ एक्स-ट्रेल ‘ई-पावर’ नेपाली बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं । निसानको नयाँ एक्स-ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ। शुक्रबार थापथलीस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी कम्पनीले चर्चित ७ सिटर एसयूभी एक्स–ट्रेलको चौथो जेनेरेशन सार्बजनिक गरेको हो ।

कम्पनीका अनुसार नेपालमा एक्स ट्रेलको सुरुवाती मूल्य करोड ८७ लाख रुपैयाँ तोकिएको छ। कम्पनीले गाडीमा उन्नत प्रविधि र आधुनिक डिजाइन भएको दावी गरेको छ। दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा फोर्थ जेनेरेसन एक्स-ट्रेल सार्वजनिक गरेको हो। सन् २००१ मा एक्स- ट्रेलको उत्पादन सुरु भएको हो। विश्वभर ७० लाख युनिटभन्दा बढी एक्स- ट्रेल गाडीहरू बिक्री भएका कम्पनीले जनाएको छ। विश्वको लोकप्रिय फ्यामिली लक्षित एडभेन्चर सवारी साधन भएको कम्पनीको जिकिर छ।

गाडीमा ई-पावरबाट इजी ड्राइभ अनुभव प्राप्त गर्ने सकिने छ। यसैगरी नयाँ ट्विन-मोटर, इ-फोर्स अल-ह्विल ड्राइभ प्रणालीसहित ड्राइभिङमा आत्मविश्वास र अझै राम्रो नियन्त्रण गर्न सक्ने फिचर रहेको कम्पनीले जनाएको छ। यो सेग्मेन्टमा सात सिट भएको एसयुभी हो। यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो सेग्मेन्ट मै उच्चस्तरको सुविधा प्रदान गर्दछ गर्ने कम्पनीको दावी छ।

कम्पनीका प्रबन्ध निर्देशक सन्दीप शारडाले नेपालमा नयाँ एक्स ट्रेल ई-पावर पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा आफुहरु खुसी भएको बताए। एक्स ट्रेल ई-पावर ठूलो, आरामदायी, र बहुपयोगी एसयुभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुने उनले बताए।

कम्पनीले गाडी दुईवटा भेरियन्टमा ल्याएको छ। जसलाई एल १ र एल ३ भनिएको छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ। यसको लम्बाई ४ हजार ६८० एमएम, उचाई १७२५ एमएम र चौडाइ १८४० एमएमको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...