CG Electronics
IME Life
NIMB

रुप्से होलिडेज्ले विश्वका विभिन्न पर्यटकिय केन्द्रलाई नेपालसँग जोड्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । द्विदेशीय पर्यटन प्रबद्र्धनमा रुप्से होलिडेज्ले पछिल्ला दिनहरुमा निक्कै आक्रमक रणनीति लिएको छ । रुप्से होलिडेज्ले विश्वका विभिन्न पर्यटकिय केन्द्रलाई नेपालसँग सोझो चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको हो ।

राज्यले पर्यटन देशको अर्थतन्त्रको आधारभूत जग हो भनेर भनिरहँदा ठोस प्रतिफल ननिक्लेर निराश बनेका पर्यटन ब्यावसायीका लागि यो एक बलियो उदाहरण बन्दै गएको हो ।

भियतनाम र काठमाडौं विच सफलता पूर्वक तिन चार्टर्ड उडान गरेको रुप्सेले ति उडान मार्फत भियतनामी पर्यटक नेपाल ल्याउन सफल भएको थियो । यहि सफलता बाट हौसिएको रुप्सेले इतिहासमै पहिलो पटक काठमाडौं लाई थाईल्याण्डको पर्यटकिय केन्द्र फुकेट सँग सोझो उडानमा जोड्ने भएको हो ।

रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेस पराजुली भन्छन्, “यो इतिहासमै पहिलो पल्ट भईरहेको छ, हामीले काठमाडौंबाट सोझो ननस्टप उडान भरेर फुकेट अवतरण गर्नेछौं । यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पुर्याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौं ।

थाईल्याण्डको समून्द्रि तटमा रमाईरहेका पर्यटकलाई सोझै हिमाली देश नेपालमा ल्याईनेछ ।“ उनी थप्छन्, “एशियाको पर्यटकीय केन्द्रको रुपमा रहेको फुकेटकमा बर्सेनी करोडौं पर्यटक आउँछन् जसको एक प्रतिशत भन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सकियो भने ठूलो उपलब्धि हुनेछ । जुन कुरा संभव छ भनेर यो चार्टरर्ड उडानबाट प्रमाणीत गर्नेछौं ।“

रुप्से होलिडेज्ले यो उडानले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादर प्रदान गर्नेछ । जम्मा ३५ हजार नेपाली रुपैंया एकतर्फी भाडादर तोकेर गरिने यो उडानमा हिमालय एअरलाइन्सको एअरबस ए३२० प्रयोग गरिनेछ ।

जनवरी २१, २०२४ मा गरिने यो पहिलो उडानबाट काठमाडौंलाई विश्वकै सर्बाधिक रुचाईएको पर्यटकीय गन्तब्य फुकेटसँग जम्मा ३ घण्टा १० मिनेटको उडानमा जोडिनेछ ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...