CG Electronics
IME Life
Ncell NPL

सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो पाँच सदसीय कार्यदल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । दिनदिनै डरलाग्दा सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदसीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गर्नुभएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रवार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने, थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । त्यसैगरी शनिवार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रृटि पत्ता लगाउन कार्यदल गठन गरेकोे मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताउनुभएको छ ।

सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदसीय कार्यदल गठन भएको छ । संघिय सडक सुपरिबेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक ब्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको बिश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ । सडक दुर्घटना न्यूनिकरणका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव बिष्टले बताउनुभयो ।

आजै बसेको सडक सुरक्षा परिषदको बैठकले पनि चार वटा निर्णय गरेको छ । मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा बिज्ञहरुको सुचि तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयक उपर समितिमा पठाउने निर्णय गरेको छ ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...