CG Electronics
IME Life
NIMB

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका-२०२४’ कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो ।

कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरूले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा हाइभलयकी सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे जानकारी गराएकी थिइन् ।

 

नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए ।नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा रिपोर्टर क्लब तथा प्राइम टेलिभिजनका संस्थापक ऋषि धमला विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी हुन प्रेरित गरेका थिए ।

कार्यक्रममा कोक्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले भूकम्प पीडितहरूलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथा सुनाएकी थिइन् ।

खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफूमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए ।ठमेल डटकमका सह–संस्थापक बालकृष्ण जोशीले विश्वव्यापीकरणबारे कुरा गर्दै नेपालमा काम गरेर विश्वभर पैसा कमाउने बारे सुनाएका थिए ।

कलेजका प्रमुख प्रमोद पौडेलले कार्यक्रमबाट विचारहरूको आदानप्रदान गर्ने र सम्बन्ध बनाउने एउटा प्लेटफर्म भएको बताए ।

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१०

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — संयुक्त राज्य...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को औपचारिक शुभारम्भ

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:०६

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ एआई–सञ्चालित क्रिएटर मार्केटिङ...

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक...

वि.सं.२०८३ असार ३२ बिहीवार २०:५५

सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध...