CG Electronics
IME Life
NIMB

अपि पावर कम्पनीको प्रमुख लगानी रहेको ९.७ मेगावाटको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको ड्राई टेस्ट सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन मिति २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य मिति २०७७ साल माघ १ गतेबाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो ।

उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो ३३ के.भि.डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने कार्य सम्पन्न भएको छ ।

यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले १५ करोड बराबरको संस्थापक शेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।
माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १ सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए ।

आयोजनामा Geppert Austria GMBH बाट आयात गरिएको अत्याधुनिक प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ । आयोजनामा ग्लोवल आईएमई बैंक लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक शेयर रु. ४२ करोड तथा आईपीओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको शेयर रु. १८ करोड गरि जम्मा चुक्ता पूँजी रु. ६० करोड रहेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...