CG Electronics
IME Life
NIMB

नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ ।

नेपालको सिनियर टिमले आइसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दै छ ।

२ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो । सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यनडा ११विरुद्ध खेल्ने स्क्वाड पनि घोषणा गरेको छ । विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र विहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ ।

क्यानडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो । त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो ।

आइतबारदेखि विहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले विहीबार राति सार्वजनिक गरेको हो । यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन् ।

क्यानडा ११ विरुद्ध खेल्ने नेपाल ‘ए’ टोली

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...