Nabil Bank
prabhubank
nic bank

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’ ५ वर्ष पूरा

मिडिया स्पेस सोलुसन्स प्रालि

 

धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।

सन् २०१९ को फेब्रुअरी १४ बाट सञ्चालनमा आएको यस जिपलाइनले ५ वर्षको अवधिमा सरकारका उच्च प्रतिनिधिदेखि कलाकार हुँदै सर्वसाधारणसम्ममा यसको क्रेज बसाल्न सफल भएको छ ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अन्य नेता तथा कलाकार समेतले मनोरञ्जन लिइसकेका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, क्याप्टेन विजय लामा, कलाकार वर्षा सिवाकोटी, पूजा शर्मा, अनमोल केसी, कमेडियन मनोज गजुरेल, गायिका रचना रिमाल, गायक प्रताप दास लगायतले धुलिखेल जिपलाइनमा मनोरञ्जन लिइसकेका छन् ।

राजधानी काठमाडौंबाट ३५ किलोमिटर मात्रै भएकाले पनि धुलिखेल उपत्यकाबासीको सहज गन्तव्य हो । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बनेको छ ।

काठमाडौंबाट नजिकैको दूरीमा रहेको धुलिखेलमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइनको मज्जा लिन मिल्ने भएकाले पनि यो सबैको रोजाइमा परेको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठ बताउँछन् ।

३ हजार रुपैयाँमै फोटो, भिडिओसहित जिपलाइन खेल्न पाइने भएपछि यसको लोकप्रियता पनि ह्वात्तै बढेको हो ।

सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दैनिक सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।

समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा रहेको टप स्टेसनबाट सुरु भएको यात्रा बटम स्टेसनमा पुग्दा एक सय मिटर मात्रै तल झर्छ । यस बीचमा दुई सय ४० फिटको ‘भर्टिकल ड्रप’ हुने गरी डोरी टाँगिएको छ । यसमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

५ वर्षअघि सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले जिपलाइन लगायतका परियोजना बनाएका थिए । त्यसपछि सबैको आकर्षण बनेको जिपलाइन बिस्तारै विदेशीलाई मात्रै नभई नेपालीलाई समेत बानी पर्दै गयो । देशैभर जिपलाइनको माहोल बन्यो ।

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:४२

  काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३०

  काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५९

  काठमाण्डौँ, ३१ वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...