काठमाण्डौका नगरपालिकाहरुमा यस्तो छ ताजा मतबिबरण

Monday May 15, 2017
वि.सं.२०७४ जेठ १ सोमवार १४:२५

गोकर्णेश्वर नगरपालीका
नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् ।
दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) का पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकाको वडा नं १ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नं वडामा वडाध्यक्ष र महिला एवम् दलितसहित तीन वडा सदस्यमा काँग्रेस र खुला एक वडा सदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् ।
कागेश्वरी मनोहरामा कांग्रेसकै अग्रता
कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा ९एमाले० का कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फुँयालले ३११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी अनिता अधिकारीले ७०७, एमालेकी बिन्दु सिम्खडाले ५७५, माओवादीकी रुकु रणपालले २८० र राप्रपाकी कुस्मा नगरकोटीले ७० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । वडा नं १ को मतगणना भइरहेकामा वडा अध्यक्षमा कांग्रेसले ५८९, एमालेले ५४२, माओवादीले ३९४ र राप्रपाले ९४ मत पाएका छन् ।
शङ्खरापुरमा एमालेको अग्रता
शङ्खरापुर नगरपालिकामा नेकपा (एमाले) का सुवर्ण श्रेष्ठले ८५८, नेकपा (माओवादी केन्द्र) का कृष्णराज सुवेदीले ५७०, नेपाली कांग्रेसका शङ्कर तिवारीले ४०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।
उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ९१५, माओवादीकी इन्द्रकुमारी तामाङ ६४४, नेपाली कांग्रेसकी मञ्जु खड्काले ३५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गरेका छन् ।
शङ्खरापुरको १ नं वडामा एमाले विजयी
शङ्खरापुर नगरपालिका वडा नं १ मा एमालेका वडाध्यक्षसहित सबै वडा सदस्यको समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुङ्गानाले ९२५ मत ल्याई विजयी भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्दी माओवादीका मोहनाथ दङ्गालले ७४२ र काँग्रेसका रमेश तिवारीले ३५० मत पाएका छन् । निर्वाचित सदस्यमा वीरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चीनकुमारी दमाइ छन् ।
बूढानीलकण्ठ नगरपालिकामा एमालेको अग्रता
बूढानीलकण्ठ नगरपालिकामा नेकपा (एमाले) का उद्धवप्रसाद खरेलले ८७९, नेपाली कांग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा (माओवादी केन्द्र) का रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, काँग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नं १२ र १३ को मतगणना भइरहेको उनले बताए ।
तारर्केश्वर नगरपालिकामा कांग्रेस अघि
तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् ।
पाँच बजेसम्म भएको मतगणनामा नेपाली कांग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ ।
तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् । कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।