BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

विश्वमा पहिलो पटक सूर्तीबाट जहाज उडाइँदै

एजेन्सी- जहाज हवाई इन्धनबाट उड्छ । सौर्य ऊर्जाबाट चल्ने जहाजको बारेमा पनि गत वर्ष खुबै चर्चा भयो । तर, अहिले चाहिँ सूर्तीबाट उड्ने जहाजको चर्चा छ ।

हो, विश्वमा पहिलो पटक सूर्तीबाट जहाज उडाइँदै छ । वास्तवमा सूर्तीकाे काँचो पातबाट तयार पारिने बायोडिजेलको सहायताले हवाई जहाजको व्यावसायिक उडान भरिँदै छ ।
त्यहाँ सूर्तीको सोलरिस प्रजातिको विरुवाबाट बायोडिजेल उत्पादन गर्ने गरिएको छ । यो प्रजातिमा निकोटिनको मात्रा निकै कम हुन्छ । साउथ अफ्रिकन एयरलाइन्सले यहीँ वर्षबाट टोब्याको बायोफ्यूलको प्रयोग गर्न सुरु गर्नेवाला छ । सुरुवातमा चाहिँ हवाई इन्धनमै बायोडिजेलको केही हिस्सा मिलाएर प्रयोग गरिनेछ । विस्तारै हवाई इन्धनको मात्रा कम गरी बायोडिजेलको मात्रा बढाइनेछ ।यो मामिलामा सबैभन्दा अगाडि छ दक्षिण अफ्रिकी एयरवेज । साे एयरवेजले गत वर्ष जुलाईमा परीक्षण उडानको रुपमा तीन सय यात्रु बोकेको एक जेट विमानलाई जोहानेसबर्गबाट केपटाउनसम्म १२८० किलोमिटर उडाएको थियो । उक्त विमानमा तीन सय यात्रु थिए भने विमानमा सूर्तीको बायोडिजेल प्रयोग गरिएको थियो ।

स्मरण रहोस्, विमान कम्पनीले इन्धनमै सबैभन्दा धेरै खर्च गर्नुपर्ने हुन्छ । कम्पनीको कुल सञ्चालन खर्चको एक तिहाइ इन्धनमै हुन्छ । बायोडिजेल अहिले पनि महंगो नै छ तर यसको ठूलो परिमाणमा उत्पादन भएमा लागत कम हुनेछ । यो पर्यावरणका लागि लाभकारी हुनेछ ।

 

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...