CG Electronics
IME Life
NIMB

अधिकतम ५ मिनेटमा पूरा चार्ज हुने स्मार्टफोन आउदै

NIMB
Himalayan Bank

एजेन्सी- आउँदो वर्षसम्ममा यस्तो ब्याट्री भएको स्मार्टफोन आउनेछ, जुन अधिकतम ५ मिनेटमा पूरा चार्ज हुनेछ ।
यो प्रविधि सबैभन्दा पहिले सन् २०१५ मै प्रदर्शन गरिएको थियो ।

इजरायली स्टार्टअप स्टोरडटले आफ्नो तीव्र चार्ज हुने फ्लासब्याट्री प्रविधिलाई अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक शो मा प्रदर्शन गरेको थियो ।

स्टोरडट कम्पनीका सीईओ डोरोन मिसर्डफले भनेका छन्, ‘यसको उत्पादन सन् २०१८ मा कुनै पनि समय हुन सक्नेछ ।’

टेस्ला कम्पनीको सुपरचार्जर टेक्नोलोजीको दाबी अनुसार उसको प्रविधिले कुनै पनि ब्याट्री फूल चार्ज हुन ७५ मिनेट लाग्छ । टेस्लाको कारमा यो प्रविधि उपलब्ध छ । त्यसैले इजरायली कम्पनीको ५ मिनेटमा चार्ज हुने ब्याट्री प्रविधिमा कतिपयले शंका गरेका छन् ।

यसअघि पनि भएको थियो दाबी

स्मरण रहोस् सन् २०१४ मा प्रोन्तो नामक कम्पनीले पनि ५ मिनेटमा फोन चार्ज हुने कुरा गरेको थियो ।

प्रोन्तोको प्रविधिले आइफोन फाइभ केवल ५ मिनेटमै चार्ज हुने कम्पनीको दाबी थियो । प्रोन्तो वास्तवमा कुनै चार्जर होइन, ब्याट्री प्याक वा पावर प्याक थियो । त्यसैले कुनै इलेक्ट्रिक सकेट बिनै आफ्नो ग्याजेटलाई उक्त पावर प्याकमा जोडेर ५ मिनेटमै चार्ज गर्न सकिने दाबी कम्पनीको थियो ।

यसैबीच गत महिना मात्रै वैज्ञानिकहरुले एउटा अद्भूत ब्याट्री निर्माणमा काम गरिरहेको खबर आएको छ । जस अनुसार उक्त ब्याट्रीलाई पटकपटक चार्ज गर्नुपर्ने छैन । उक्त ब्याट्रीले प्रकाशबाट उर्जा लिएर आफै चार्ज हुनेछ । तर, त्यो प्रविधिको ब्याट्री कहिले बन्छ, त्यो चाहिँ प्रष्ट छैन ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...