API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

अधिकतम ५ मिनेटमा पूरा चार्ज हुने स्मार्टफोन आउदै

एजेन्सी- आउँदो वर्षसम्ममा यस्तो ब्याट्री भएको स्मार्टफोन आउनेछ, जुन अधिकतम ५ मिनेटमा पूरा चार्ज हुनेछ ।
यो प्रविधि सबैभन्दा पहिले सन् २०१५ मै प्रदर्शन गरिएको थियो ।

इजरायली स्टार्टअप स्टोरडटले आफ्नो तीव्र चार्ज हुने फ्लासब्याट्री प्रविधिलाई अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक शो मा प्रदर्शन गरेको थियो ।

स्टोरडट कम्पनीका सीईओ डोरोन मिसर्डफले भनेका छन्, ‘यसको उत्पादन सन् २०१८ मा कुनै पनि समय हुन सक्नेछ ।’

टेस्ला कम्पनीको सुपरचार्जर टेक्नोलोजीको दाबी अनुसार उसको प्रविधिले कुनै पनि ब्याट्री फूल चार्ज हुन ७५ मिनेट लाग्छ । टेस्लाको कारमा यो प्रविधि उपलब्ध छ । त्यसैले इजरायली कम्पनीको ५ मिनेटमा चार्ज हुने ब्याट्री प्रविधिमा कतिपयले शंका गरेका छन् ।

यसअघि पनि भएको थियो दाबी

स्मरण रहोस् सन् २०१४ मा प्रोन्तो नामक कम्पनीले पनि ५ मिनेटमा फोन चार्ज हुने कुरा गरेको थियो ।

प्रोन्तोको प्रविधिले आइफोन फाइभ केवल ५ मिनेटमै चार्ज हुने कम्पनीको दाबी थियो । प्रोन्तो वास्तवमा कुनै चार्जर होइन, ब्याट्री प्याक वा पावर प्याक थियो । त्यसैले कुनै इलेक्ट्रिक सकेट बिनै आफ्नो ग्याजेटलाई उक्त पावर प्याकमा जोडेर ५ मिनेटमै चार्ज गर्न सकिने दाबी कम्पनीको थियो ।

यसैबीच गत महिना मात्रै वैज्ञानिकहरुले एउटा अद्भूत ब्याट्री निर्माणमा काम गरिरहेको खबर आएको छ । जस अनुसार उक्त ब्याट्रीलाई पटकपटक चार्ज गर्नुपर्ने छैन । उक्त ब्याट्रीले प्रकाशबाट उर्जा लिएर आफै चार्ज हुनेछ । तर, त्यो प्रविधिको ब्याट्री कहिले बन्छ, त्यो चाहिँ प्रष्ट छैन ।

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य ११,९९० मात्र  नेपाली बजारमा

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:५३

  काठमाडौं । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू...

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ...

वि.सं.२०८१ भदौ २५ मंगलवार २३:०५

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत्...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:११

काठमाडौं । नेपाल सरकारले संगीता पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा...

यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

यो सरकारले नै अब मुलुकको भाग्य र...

वि.सं.२०८१ भदौ २० बिहीवार २२:११

  काठमाडौं । जनतामा छाएको चरम निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार...