Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले तिहारलगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो । तिहार सकिए पनि लाइसेन्सको लिखित तथा ट्रायलको परीक्षा कहिले लिने भन्ने निश्चित नभएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् । लाइसेन्सको लिखित तथा ट्रायल सम्बन्धि सम्पूर्ण निर्णय प्रदेश सरकारले गर्ने भएकाले आधिकारिक रुपमा सञ्चालनमा ल्याउने कुनै छलफल नभएको उनले जानकारी दिए ।

भुसालका अनुसार लामो समयसम्म सेवाग्राहीले सेवा नपाएकाले मापदण्ड अपनाएर पनि सञ्चालनमा ल्याउनुपर्ने बताए । हाल देशभर २४ वटा यातायात कार्यलय छन् । सबै काम यी २४ वटा कार्यालयबाटै हुने भएकाले प्रदेश सरकारले निर्णय गर्नुपर्छ ।‘विभागसँग स्मार्ट कार्डको छपाइमात्रै गर्ने भएकाले देशभरका यातायात कार्यालयले लिखित तथा ट्रायलको परिक्षा खुल्ने वित्तिकै हामी सिस्टम खोल्दिन्छौं,’ प्रवक्ता भुसालले भने । त्यस्तै काठमाडौंलगायतका अन्य स्थानमा कोरोना महामारीको जोखिम तीव्ररुपमा बढेपछि लाइसेन्सको परीक्षा अनिश्चित भएको बाग्मति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तिहारलगत्तै लाइसेन्सको लागि लिखित र ट्रायलको परीक्षामा सरकारले तोकेको मापदण्ड अपनाएर २/३ वटा कार्यालय सञ्चालनमा ल्याउने छलफल भएता पनि हालसम्म कुनै ठोस निर्णय हुन नसकेको बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रवक्ता नविनकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार जिल्ला प्रशासन कार्यालयबाट कोरोनाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह नगर्ने भएकाले हालसम्म पनि बन्द अवस्थामा रहेको बताए ।

‘लामो समयको बन्दाबन्दीले धेरै सेवाग्राहीले सेवा लिन पाएका छैनन्,’ उनले भने, ‘अवस्था सामान्य भएपछि अत्यावश्यक कार्यालयबाहेक अन्य कार्यालयको शुरुवात गर्ने वित्तिकै हामी सेवा प्रवाह सञ्चालनमा ल्याउँछौं ।’ त्यसैगरी कोरोनापछि गठन भएको सीसीएमसीको नै आधिकारिक निर्णय भएका कारण प्रदेश सरकारले कसरी सञ्चानलमा ल्याउन सकिन्छ भन्नेबारे योजना बनाइरहेको उनले जानकारी दिए ।

कोरोना महामारीका कारण हालसम्म पनि विद्यालय, सिनेमा हल, बार, क्लबलगायतका कैयन क्षेत्र खुल्न सकेका छैनन् । यातायातको लिखित तथा ट्रायलमा पनि मानिसको भीड निकै हुने भएकाले बढी जोखिम हुन सक्ने भन्दै हालसम्म उक्त परीक्षाको निर्णय नभएको उनको भनाइ छ । उनका अनुसार सर्वप्रथम पहिले नै दरखास्त दिइसकेको सेवाग्राहीलाई सेवा दिने भनिएको थियो । तर हालसम्म आधिकारिक भने हुन नसकेको बताए ।

मन्त्रालयले भरतपुर, हेटौंडा र काठमाडौंबाट परीक्षा सञ्चालनमा ल्याउने छलफल पनि भएको थियो । यसमा ट्रायल दिनको कतिलाई दिने र कसरी सुरक्षित रुपमा सेवा दिन सकिन्छ त्यही अनुसार सेवा दिने तयारी गर्ने भनिएता पनि कुनै निश्चित नभएको उनको भनाइ छ ।कोरोना महामारीका कारण लाइसेन्सको परीक्षा रोकिए पनि यसबीचमा विभागले स्मार्ट लाइसेन्सको छपाइ कार्य भने बढाएको थियो । विभागका अनुसार हालसम्म छपाइ हुन बाँकी रहेका अधिकांश स्मार्ट लाइसेन्सको छपाइ पूरा भइसकेको छ ।

यसअघि कोरोना महामारीबीच लुम्बिनी प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय बुटवलले ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि ट्रायल खुलाएको थियो ।कार्यालयलले कार्तिक १९ गतेदेखि २३ गतेसम्म यसअघि लिखित परिक्षा पास गरिसकेकाहरूको प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल खुलाएको थियो ।

बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष बजेट बढ्ने

बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष...

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१६

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

गाउँपालिका, नगरपालिका र जिससका प्रतिनिधिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण

गाउँपालिका, नगरपालिका र जिससका प्रतिनिधिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण

वि.सं.२०८१ पुस १३ शनिवार १०:२७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल,...

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन...

वि.सं.२०८१ असोज ५ शनिवार २३:२८

काठमाडौं । संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान...

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं : सामान्य प्रशासनमन्त्री जोशी

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं...

वि.सं.२०८० फागुन २९ मंगलवार १९:५३

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले...

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा...

वि.सं.२०८० माघ २९ सोमवार १७:१६

  विराटनगर । कोशी प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख...