CG Electronics
IME Life
NIMB

चण्डीराज ढकालको दाउ शेखर गोल्छाले चल्दा महासंघमा आरोप–प्रत्यारोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा चुनावी दौडधुप बढेको छ । बाहिरको मौसम चिसो हुँदै गएको समयमा व्यवसायीहरुको दौडधुपले माहौल गरम बनाइरहेको छ । महासंघको पछिल्ला १५ वर्ष चण्डीराज ढकालको इसारमा वितेको देखिन्छ तर, उनै चण्डीसँग न विवेक छ न व्यवसाय । उनले आफ्ना अघिपछि लाग्ने जमात तयार गरेका छन् र सधै जिल्लामा दौडधुप देखाउँछन् ।

‘चण्डीराज ढकालले धेरै जिल्लाको लागि लामो समय काम गरे । तर, उनले पछिल्ला दिनमा महासंघमा धेरै प्वाल पार्न सुरु गरेका छन् । त्यो प्वालबाट ‘मुसा छिर्ने हो वा साँप’ अहिले छुट्टाउन मुस्कील भएको छ’, एक जिल्ला उद्योग बाणिज्य संघका अध्यक्षले भने । चन्द्रप्रसाद ढकाल चुनाव जित्ने उमेद्वार हुन् । उनले जित्ने चुनावमा चण्डीराजको भूमिकाको विषयमा चर्चा गरिरहनु पर्ने अवस्था छैन । तर, उनले सुरु गरेको निर्वाचन पद्दतीले महासंघमा नयाँ महासंग्राम सुरु गराएको छ । चुनावी संग्राममा पछिल्ला दिन किशोर प्रधान बलियो बन्दै गएको देखिन्छ ।

करिब ३ वर्ष ८ महिनाअघि भएको चुनावमा चण्डीराज ढकालले जुन किसिमले भवानी राणालाई शेखर गोल्छाको समूहको प्रचारको लागि बुटवलमा उतारे त्यहिबाट हुनेवाला अध्यक्षले आफ्नो टिम अगाडि ल्याउन सुरु भएको हो । राणाको कार्यकालनै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने पहिलो कार्यकाल थियो । अहिले चण्डीराज ढकाल शेखर गोल्छाले विधानको मर्म मिचेर अगाडि बढेको आरोप लगाइ रहेका छन् । उनको आरोपमा चन्द्रप्रसाद ढकाल, उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी लगायत सहि थाप्दै हिडेका छन् । तर, ढकालले अघिल्लो पटक जे गराएका थिए त्यही काम अहिले शेखरले गरिरहेका छन् ।

 


‘हिजो चण्डी दाईले देखाउनु भएको बाटोमा अहिले शेखर छन् । चन्द्र ढकाल र उनका सहयोगीहरुले अहिले शेखरलाई गल्ती भन्दा हिजो किशोर प्रधानलाई अन्याय भएको थिएन र रु’ एक केन्द्रिय सदस्यले भने ।
शेखरले कुनै पक्षमा खुलेर लाग्नु हुन्थ्यो वा हुँदैन थियो त्यो महासंघमा लागेकाले नै जानुन् तर, विगतमा भएका क्रियाकलापलाई शेखरले पनि साथ दिदा अहिले चुनावी गर्मी भने बढेकै छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...