CG Electronics
IME Life
NIMB

विदेशी बैंकको समेत लगानी भएका यी स्वदेशी बैंकको नाफा ह्वात्तै घट्यो, यस्तो छ नाफा घट्नुको कारण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरू मध्ये चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ वटाको खुद नाफा घटेको छ भने ९ वटा बैंकमात्र नाफा बढाउन सफल भएका छन् । तर, नाफा बढाउने यी ९ वटा बैंकहरू मध्ये पनि अधिकांशको नाफा संस्था गाभेको कारण मात्र बढेको देखिएको छ ।

समग्रमा अघिल्लो वर्षको भन्दा कारोबार बढेपनि नाफामा भने गिरावट आएको छ । कोरोना महामारीको चपेटामा परेका कारण बैंकहरूको नाफा विभिन्न ढंगले घटेको देखिएको छ । कतिपय बैंकहरूको साँवा र ब्याज नउठेका कारण ऋण प्रोभिजन गर्नु परेका कारण नाफा घटेको छ ।

राम्रो ब्राण्ड भ्यालु भएका विदेशी साझेदार रहेका बैंकहरूका साथै देशकै पुराना र प्रतिष्ठित बैंकहरूको नाफामा यो त्रैमासमा उच्च गिरावट आएपछि सेयर बजारमा पनि यी बैंकका लगानीकर्ताहरू अल्मलिएका छन् भने कतिपय लगानीकर्ताहरू त हताश नै भएको देखिएको छ ।

वित्तीय प्रणालीमा अत्याधिक तरलता उपलब्ध भएका कारण ब्याज आम्दानी घट्दा पनि बैंकहरूको नाफामा गिरावट आएको छ ।

यी मध्ये पनि जोइन्ट भेन्चर बैंकहरूको र केही पुराना बैंकहरूको नाफामा अझ उच्च गिरावट आएको छ । उदाहरणको लागि भारतको पञ्जाव नेशनल बैंकको लगानी रहेको एभरेष्ट बैंकको नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा ५२ प्रतिशतले घटेको छ । यसैगरी भारतकै एसबीआई बैंकको लगानी रहेको नेपाल एसबीआई बैंकको नाफा पनि ५४ प्रतिशतले घटेको छ । विश्व विख्यात बैंकिङ ब्राण्ड स्ट्यान्डर्ड चार्टडको पनि नाफा ३८ प्रतिशतले घटेको छ ।

यसैगरी नेपालका पुराना र प्रतिष्ठित बैंकहरू नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको पनि नाफा क्रमश २६ र ४४ प्रतिशतले घटेको छ ।

राम्रो ब्राण्ड भ्यालु भएका विदेशी साझेदार रहेका बैंकहरूका साथै देशकै पुराना र प्रतिष्ठित बैंकहरूको नाफामा यो त्रैमासमा उच्च गिरावट आएपछि सेयर बजारमा पनि यी बैंकका लगानीकर्ताहरू अल्मलिएका छन् भने कतिपय लगानीकर्ताहरू त हताश नै भएको देखिएको छ ।

नेपालको सेयर बजारमा ८० प्रतिशत हाराहारी हिस्सेदारी बैंकिङ क्षेत्रकै छ । अब सेयर बजारमा लगानीकर्ताहरू बैंकको सेयरमा लगानी गर्न कति उत्साहित होलान् भन्ने प्रश्न पनि खडा भएको छ ।

तर, एक जोइन्ट भेन्चर बैंकका उच्च अधिकारी आत्तिनु पर्ने अवस्था नभएको बताउँछन् । उनका अनुसार जोइन्ट भेन्चर बैंकहरू र नेपालकै पुराना र प्रतिष्ठित बैंकहरूले आगामी त्रैमासदेखि नै आफ्नो लय फेरि समात्नेछन् ।

‘कति जोखिम बहन गरेर कारोबार गर्ने भन्ने विषय बैंकहरूको आ-आफ्नै नीति अनुरूप नै हुने हो । विदेशी साझेदार रहेका बैंकहरू र नेपालका प्रतिष्ठित बैंकहरू धेरै जोखिम वहन गरेर लगानी गर्दैनन्,’ ती उच्च अधिकारीले भने ।

‘तपाईंले वासलात हेर्नुभयो भने हाम्रो सीसीडी अरूको भन्दा कम देख्नुहुन्छ । यसको मतलब के हो भने हामीले यो समयमा हामीसँग भएको निक्षेपको अनुपातमा धेरै कम लगानी गर्यौं । यसले हाम्रो दायित्व (निक्षेपमा दिनु पर्ने ब्याज) बढायो र नाफामा गिरावट आयो । तर, आगामी त्रैमासमा सूचकहरू ठीक ठाउँमा आउँछन्,’ उनले थपे ।

राष्ट्र बैंकले कोरोनाकालमा गरेको व्यवस्था अनुरुप बैंकहरूको सीसीडी अनुपात अधिकतम ८५ प्रतिशत सम्म हुन पाउने व्यवस्था गरेको छ । यो भनेको बैंकले संकलन गरेको कुल निक्षेपको अधिकतम ८५ प्रतिशत ऋण प्रवाह गर्न पाउनेछन् भनेको हो ।

तर, विदेशी लगानी रहेका र नेपालका पुराना बैंकहरूले राष्ट्र बैंकले तोकेको भन्दा धेरै कम मात्र ऋण लगानी गरेका छन् । अहिलेका नयाँ र आक्रामक रूपमा व्यवसाय विस्तार गरिरहेका बैंकहरूको भन्दा यी बैंकहरूको सीसीडी अनुपात निकै कम रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंक, हिमालयन बैंक, एसबीआई बैंक, नेपाल एन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टड बैंकको सीसीडी अनुपात क्रमश ७०.२७, ६४.९७, ६६.३३, ७३.६८ र ६२.१२ प्रतिशत रहेको छ । यसको मतलब यी बैंकहरूले आफूले गर्न पाउने जति वा आफूसँग भएको स्रोतको अधिकतम उपयोग यो समयमा गर्न चाहेनन् । जोखिम धेरै वहन गर्न चाहेनन् ।

‘हामीले १५ लाख ऋण दिन आनाकानी गरिरहेको एक व्यवसायलाई मेगा बैंकले ६० लाख दिन्छु भनेर लग्यो । यही उदाहरणले हाम्रो व्यवसाय गर्ने नीति उजागर गर्छ,’ हिमालयन बैंकका एक उच्च अधिकारी बताउँछन् ।

उनको यो भनाइलाई सीसीडीको तथ्याङकले पनि केही पुष्टि गर्छ । यो त्रैमासमा राम्रो नाफा वृद्धि गरेका मेगा, प्रभु, एनएमबी, प्राइम, एनआइसी एसिया जस्ता बैंकहरूको सीसीडी अनुपात तुलनात्मक रुपमा उच्च रहेको देखिन्छ, यो पहिलो त्रैमासको वित्तीय विवरणमा । यी माथि उल्लेख गरिएका बैंकहरूको सीसीडी अनुपात क्रमश ८०.७६, ७२.७९, ७९.७७, ८०.०३ र ७५.६३ रहेको छ ।

कोरोनाको यो महामारीको अवस्थामा सीसीडीका अलावा अन्य धेरै कारणहरूले पनि बैंकहरूको नाफामा गिरावट आएको हुनसक्छ । तर, यसमा केही भूमिका बैंकहरूको आफ्नै जोखिम वहनको सन्र्दभका नीति नियमहरूको पनि नहोला भन्न चाहिँ सकिन्न ।

तर, व्यवसाय एक आपसमा जोडिएको र जेलिएका कारण केही बैंकहरूले अत्याधिक नाफा कमाउँदै अन्य धेरै बैंकहरू चाहिँ दीर्घकालीन रूपमै टाक्सिँदै जालान् भनेर भन्न सकिने पर्याप्त आधार भने भेटिँदैन ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...