Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दोस्रो चरणको निर्वाचन सफल बनाउन कँग्रेस र राजपा बैठक

Machhapuchchhre Bank Limited

४ जेठ, काठमाडौं-  नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन आवश्यक वातावरण बनाउने निष्कर्ष निकालेका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा हिजो बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो ।

यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन राजपा नेपालको समेत सहभागितामा सफल बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “उहाँहरुका माग सम्बोधन गर्दै जान्छौँ र गर्छौँ । संविधान संशोधन प्रस्तावलाई पारित गर्न आवश्यक बहुमत पु¥याउन अन्य पार्टीसँग पनि छलफल गर्छौँ ।”

तराई मधेसमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको बताउँदै उहाँले राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको जानकारी दिनुभयो ।

बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ । संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्ता पक्षका दलहरुले भोलि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेको छ ।

राजपा नेपालले बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बन्न नसकेकाप्रति काँग्रेसको ध्यानाकर्षण गराएको राजपा नेपालका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । निर्वाचनको वातावरण नबनेसम्म तराई मधेसमा निर्वाचन हुन नसक्ने स्पष्ट पार्दै उहाँले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने र आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता लिइनुपर्ने बताउनुभयो ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...