भरतपुर महानगरपालिकामा रेणु दहाल एमालेका देवीप्रसाद ज्ञवाली भन्दा १६७३ मतले पछाडि

Thursday May 18, 2017
वि.सं.२०७४ जेठ ४ बिहीवार ००:५५

४ जेठ, चितवन- भरतपुर महानगरपालिकामा माओवादी-कांग्रेसबाट मेयरकी उम्मेदवार रेणु दाहाल पछि पर्दै गएकी छन् । पछिल्लो मतपरिणाम अनुसार उनी एमालेका देवीप्रसाद ज्ञवाली भन्दा १६७३ मतले पछि परेकी हुन् ।
एमालेका देवी ज्ञवालीले हालसम्म ६३४३ मत ल्याइसकेका छन् । यस्तोमा उनले ४६७० मात्रै मत ल्याएकी छन् ।
उप मेयरमा पनि एमालेकै दिब्या आचार्यको अग्रता छ । उनले अहिलेसम्म ५३३९ मत ल्याएकी छन् । उनलार्इ पछ्याइरहेकी काङ्ग्रेसकी पार्वती शाहले ५५२८ मत ल्याएकी छन् ।
वडा नम्बर ४ मा २७००गणना हुँदा वडाध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । त्यहाँ एमालेका हरिप्रसाद आचार्यले ९०७ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ८४९ मत मात्रै ल्याएका छन् ।
अहिले मतगणना भइरहेको ४ नं. वडा मेयरका उम्मेदवार देवी, रेणु र प्रधानमन्त्री प्रचण्डको वडा पनि हो । त्यहाँबाट रेणुलार्इ उल्लेख्य भोट मिल्ने बताइए पनि त्यहीँ एमालेले अग्रता लिएको हो ।
यद्यपि वडा नम्बर ३ मा भने कांग्रेसले वडाअध्यक्ष जित्न सफल भएको थियो ।