IME Life
NIMB

लस एन्जलस विमानस्थलको ट्याक्सी वेमा ट्रक जुध्दा आठ जना घाइते

NIMB
Himalayan Bank


७ जेठ – ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन्।

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात् धावन मार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकैे ट्याक्सी वेमा उक्त ट्रकसँग ठोक्किन पुगेको स्थानीय सञ्चार माध्यम सिटी न्युज एक्स्प्रेसले जनाएको छ।

नियमित गतिमा गुडिरहेको एरो मेक्सिकोको उक्त बोइङ्ग–७३७ जेट विमानले ठक्कर दिएपछि सो विमानस्थल आपूर्ति ट्रक फनक्कै एक फन्का घुमी पल्टिएको थियो। ट्रकमा सवार दुई महिलासहित आठजना आपूर्ति कर्मचारीहरु घाइते भएकामा दुबै जना महिलाको स्थिति भने गम्भीर रहेको लस एन्जलस विमानस्थल अग्नी नियन्त्रण प्रमुखले जानकारी दिएका छन्।

विमानमा सवार एकसय चयालिस जना जति यात्रु र चालक दलका सदस्यमध्ये कसैलाई पनि केही भएको छैन । तर, बिमानको दायाँ पट्टिको पखेटा नराम्ररी क्षति भए तापनि इन्धन पोखिने वा आगलागीका कुनै पनि घटना हुन नपाएको समेत जनाइएको छ। रासस /सिन्ह्वा

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...