CG Electronics
IME Life
NIMB

अस्ट्रेलियामा पनि धुमधामसँग मनाइयो उभौली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नारायण खड्का/ अस्ट्रेलिया


अस्ट्रेलियामा बसोबास गरिरहेका किराँतहरुले आफ्नो परम्परागत पर्व उभौली धुमधामसँग मनाएका छन् । विभिन्न सांगीतिक कार्यक्रम र परम्परागत खानाहरुका साथमा विभिन्न तीन सहरहरुमा मनाइएको किराँत महोत्सवमा नेपालीहरुका साथै विदेशीहरुले समेत उल्लेख्य रुपमा सहभागिता जनाएका थिए ।

मेलबर्न र सिड्नीमा यसपहिले सम्पन्न उभौली महोत्सव आइतबार दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको थियो । मेलामा सिड्नी, मेलबर्न लगायतका सहरमा रहेका किराँतीहरुले समेत उल्लेख्य सहभागिता जनाएका थिए । कार्यक्रममा किराँतहरुको परम्परागत च्याब्रुङ्ग नृत्यले सबैलाई मोहित बनाएको थियो भने साकेला नृत्यले विदेशीहरुलाई समेत आकर्षित गरेको थियो । कार्यक्रममा ५ सय बढी स्वदेशी विदेशी अवलोकनकर्ताको सहभागिता रहेको आयोजक किराँत सोसाइटीका पब्लिक रिलेसन अफिसर नबिन काम्बाङले जानकारी दिए ।

कार्यक्रममा नेपाली परम्परागत पोशाकमा सजिएका किराँतीहरुको ढोल, झ्याम्टा, बिनायो, मुर्चङ्गा लगायतका बाजाहरु बजाउँदै सहभागीहरुलाई मनोरञ्जन दिएका थिए । यसैगरि कार्यक्रममा नेपाली खानाहरुको स्टल राखिएको थियो भने सहभागीहरुलाई नेपाली कला संस्कृतिको बारेमा समेत जानकारी दिइएको थियो । आयोजक संस्थाका योग राईले विदेशमा रहेर पनि आफ्नो कला संस्कृति र परम्पराको जर्गेना र प्रवर्द्धन गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा सहभागी विदेशीहरुले समेत कार्यक्रममा उत्साह र चासोका साथ सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागी अस्ट्रेलियाली नेताहरुले नेपाली समुदायले अस्ट्रेलियालाई सुन्दर देश बनाउन सहयोग पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागी पार्लियामेन्ट अध्यक्ष रसल वाट्ली, सांसद जिङ्ग ली लगायतले नेपाली समुदाय कला संस्कृतीमा धनी मात्र नभएर मेहनती र मिलनसार भएको बताउँदै अस्ट्रेलियालाई बहुसाँस्कृतिक देश बनाउन मद्दत पुर्‍याएको बताएका थिए । पर्यटकीय क्षेत्र भएकाले नेपालको भ्रमण गर्न समेत उनीहरुले सुझाएका थिए । कार्यक्रममा यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुका साथै भुटानी समुदायको समेत उल्लेख्य सहभागिता थियो । साभार : कान्तिपुर दैनिक 

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...