API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

स्थानीय तह संख्या थप गरेकोमा एमालेको कडा आपत्ति

९ जेठ, काठमाण्डौँ-  नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
बैठकमा सहभागि एक नेताले दिएको जानकारी अनुसार ओलीले संविधानको कुन धारा प्रयोग गरेर संख्या बढाइएको भन्दै प्रश्न समेत गरेका थिए । बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेलाई हराउने उद्देश्यले मनपरि रुपमा स्थानीय तह संख्या बढाइएको समेत आरोप लगाएका थिए ।

तर बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मधेसी दललाई समेत सहभागि गराएर जेठ ३१ को चुनाव सम्पन्न गराउन स्थानीय तह संख्या बढाइएको भन्दै विरोध नगर्न ओलीसँग आग्रह गरेका थिए ।

बैठकपछि एमाले नेताहरुले संख्या बढाउने अधिकारै प्रचण्ड सरकारलाई नरहेको भन्दै सो आफूहरुलाई मान्य नभएको प्रतिक्रिया दिए ।
यस्तै एमालेले करका दायराहरु बृद्धि नहुने गरी बजेट ल्याए आफूहरुको विरोध नरहने धारणा राखेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डका साथै एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरु माधव नेपाल सुरेन्द्र पाण्डे, विष्णु पौडेलको सहभागिता रहेको थियो भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरु सशांक कोइराला, रामचन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । यस्तै उपप्रम विजयकुमार गच्छदार पनि बैठकमा सहभागि थिए ।

आजको बैठकमा सहमति भन्दा पनि बजेट र स्थानीय तहकै विषयमा धारणा राख्ने काम भएको बताइएको छ ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...