IME Life
NIMB

स्थानीय तह संख्या थप गरेकोमा एमालेको कडा आपत्ति

NIMB
Himalayan Bank

९ जेठ, काठमाण्डौँ-  नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
बैठकमा सहभागि एक नेताले दिएको जानकारी अनुसार ओलीले संविधानको कुन धारा प्रयोग गरेर संख्या बढाइएको भन्दै प्रश्न समेत गरेका थिए । बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेलाई हराउने उद्देश्यले मनपरि रुपमा स्थानीय तह संख्या बढाइएको समेत आरोप लगाएका थिए ।

तर बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मधेसी दललाई समेत सहभागि गराएर जेठ ३१ को चुनाव सम्पन्न गराउन स्थानीय तह संख्या बढाइएको भन्दै विरोध नगर्न ओलीसँग आग्रह गरेका थिए ।

बैठकपछि एमाले नेताहरुले संख्या बढाउने अधिकारै प्रचण्ड सरकारलाई नरहेको भन्दै सो आफूहरुलाई मान्य नभएको प्रतिक्रिया दिए ।
यस्तै एमालेले करका दायराहरु बृद्धि नहुने गरी बजेट ल्याए आफूहरुको विरोध नरहने धारणा राखेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डका साथै एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरु माधव नेपाल सुरेन्द्र पाण्डे, विष्णु पौडेलको सहभागिता रहेको थियो भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरु सशांक कोइराला, रामचन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । यस्तै उपप्रम विजयकुमार गच्छदार पनि बैठकमा सहभागि थिए ।

आजको बैठकमा सहमति भन्दा पनि बजेट र स्थानीय तहकै विषयमा धारणा राख्ने काम भएको बताइएको छ ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...