Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

फोरजी सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई अनुमति

१० जेठ, काठमाडौँ- नेपाल दुरसंचार प्राधिकरणले फोरजी प्रविधिको सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई अनुमति दिएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्मार्ट टेलिकमलाई स्वीकृति दिएको जानकारी दिँदै फोरजी प्रविधि सेवा सञ्चालन गर्न बजारमा नयाँ कम्पनी प्रतिस्पर्धामा आएको बताए ।

‘जेठ ७ गते बसेको बोर्डले फोरजी सेवा संचालनको अनुमति दिएको हो, अब फोरजी सेवा संचालनमा प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।

स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाइसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरी स्वीकृति पाएको हो ।

कम्पनीले नेपालरभर सेवा सञ्चालन गर्ने अनुमति पाएको छ भने प्रत्येक ३ महिनामा कार्यप्रगति विवरण प्राधिकरणमा पेश गर्नुपर्ने छ । त्यसैगरी क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने अनुमति पत्रको शर्तमा उल्लेख भएको प्राधिकरणले जानकारी दिएको छ ।

स्मार्टले फोरजी सेवा सञ्चालनको अनमुति पाएपछि यस्तो सेवा संचालनको अनुमति पाउने कम्पनीको संख्या ३ पुगेको छ । प्राधिकरणले यसअघि नै सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति दिइसकेको छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...