NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

फोरजी सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई अनुमति

NIMB
leapmotornepal (citroen)

१० जेठ, काठमाडौँ- नेपाल दुरसंचार प्राधिकरणले फोरजी प्रविधिको सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई अनुमति दिएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्मार्ट टेलिकमलाई स्वीकृति दिएको जानकारी दिँदै फोरजी प्रविधि सेवा सञ्चालन गर्न बजारमा नयाँ कम्पनी प्रतिस्पर्धामा आएको बताए ।

‘जेठ ७ गते बसेको बोर्डले फोरजी सेवा संचालनको अनुमति दिएको हो, अब फोरजी सेवा संचालनमा प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।

स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाइसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरी स्वीकृति पाएको हो ।

कम्पनीले नेपालरभर सेवा सञ्चालन गर्ने अनुमति पाएको छ भने प्रत्येक ३ महिनामा कार्यप्रगति विवरण प्राधिकरणमा पेश गर्नुपर्ने छ । त्यसैगरी क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने अनुमति पत्रको शर्तमा उल्लेख भएको प्राधिकरणले जानकारी दिएको छ ।

स्मार्टले फोरजी सेवा सञ्चालनको अनमुति पाएपछि यस्तो सेवा संचालनको अनुमति पाउने कम्पनीको संख्या ३ पुगेको छ । प्राधिकरणले यसअघि नै सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति दिइसकेको छ ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...