CG Electronics
IME Life
NIMB

निर्वाचन बहिस्कार गर्दै थरुहट-मधेस बन्दसहितको आन्दोलनको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१२ जेठ, काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै थरुहट÷मधेस बन्दसहितको आन्दोलनको घोषणा गरेको छ । गठबन्धनले बिहिबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिनसम्म थरुहट तथा मधेस बन्द गर्नेसहितको आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार जेठ १३ गते सबै स्थानीय तहमा मसाल जुलुस गर्ने , १४ गते लाठी जुलुस प्रदर्शन गर्ने, १५ गते गणतन्त्र दिवसको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने, १६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र १७ गते मलास जुलुस निकाल्ने तय गरिएको छ । यस्तै जेठ १८ र १९ गते थरुहट र मधेस बन्द गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ १९ गते मनोनयन दर्ता गर्ने दिन तय गरिएकोमा सोहि कार्यक्रमलाई प्रभावित पार्ने गरी गठबन्धनले बन्दको आह्वान गरेको हो ।
यसअघि बिहिबार बिहान बसेको राजपाको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै सो निर्णयलाई गठबन्धनको बैठकले अनुमोदन गरी पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा यो पहिलो चरणको आन्दोलनको घोषणा गरिएको र १९ गतेपछि थप सशक्त आन्दोलनको घोषणा गरिने जानकारी दिइयो ।

राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ ।
सरकारले राजपाकै माग पूरा गर्ने प्रयास स्वरुप जेठ ८ मा २२ स्थानीय तह थप्ने निर्णय गरेपनि एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने राजपाले नै पनि अस्विकार गरेको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...