Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

निर्वाचन बहिस्कार गर्दै थरुहट-मधेस बन्दसहितको आन्दोलनको घोषणा

१२ जेठ, काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै थरुहट÷मधेस बन्दसहितको आन्दोलनको घोषणा गरेको छ । गठबन्धनले बिहिबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिनसम्म थरुहट तथा मधेस बन्द गर्नेसहितको आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार जेठ १३ गते सबै स्थानीय तहमा मसाल जुलुस गर्ने , १४ गते लाठी जुलुस प्रदर्शन गर्ने, १५ गते गणतन्त्र दिवसको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने, १६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र १७ गते मलास जुलुस निकाल्ने तय गरिएको छ । यस्तै जेठ १८ र १९ गते थरुहट र मधेस बन्द गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ १९ गते मनोनयन दर्ता गर्ने दिन तय गरिएकोमा सोहि कार्यक्रमलाई प्रभावित पार्ने गरी गठबन्धनले बन्दको आह्वान गरेको हो ।
यसअघि बिहिबार बिहान बसेको राजपाको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै सो निर्णयलाई गठबन्धनको बैठकले अनुमोदन गरी पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा यो पहिलो चरणको आन्दोलनको घोषणा गरिएको र १९ गतेपछि थप सशक्त आन्दोलनको घोषणा गरिने जानकारी दिइयो ।

राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ ।
सरकारले राजपाकै माग पूरा गर्ने प्रयास स्वरुप जेठ ८ मा २२ स्थानीय तह थप्ने निर्णय गरेपनि एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने राजपाले नै पनि अस्विकार गरेको छ ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...