Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

टुङ्ग्यायो नेपाली कांग्रेसले प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार

Machhapuchchhre Bank Limited

१२ जेठ, काठमाडौँ- नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ  केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेश नं ७ का कैलाली र कञ्चनपुरका विषयमा छलफल सुरु भएको उनले बताए ।

उम्मेदवार तय गर्न बसेको बैठक आजै तीन बजेसम्मका लागि अहिले स्थगित गरिएको छ । तीन बजेपछिको बैठकमा प्रदेश नं ७ का बाँकी जिल्ला र प्रदेश नं २ का विषयमा छलफल गरिने उनले बताए ।

काँग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताको सहभागिता छ । रासस

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...