IME Life
NIMB

भारतीय एकाधिकार लाई चुनौती , चिनिया इन्टरनेटसँग जोडिदै नेपाल

NIMB
Himalayan Bank

१३ जेठ, काठमाडौं- अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो ।

यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट ल्याने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेको थियो ।अहिले चीनले हिउँको यस्तो अवरोध छिचोलेर नेपालमा इन्टरनेट ल्याउन सबै तयारी सकाएको टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

चीनले गर्‍यो रि-रुटिङ

जाडो महिनाभर चीनतर्फ बिगि्रएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो । हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि-रुटिङ गरेको अधिकारीले बताए ।

‘३ किलोमिटर अप्टिकल रुटलाई चीनले रि-रुटिङ गरेर नेपालमा इन्टरनेट पठाउन लगभग तयारी सकाएको छ’ अधिकारीले भने । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ६ महिना पछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिन लागेको हो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिइसकेका छन् । अब यही मे महिनाभित्रै इन्टरनेट पनि नेपाल आइपुग्नेछ ।

‘सुरुमा मार्चभित्रै जोडिनुपर्ने भनिएको थियो, तर, बाक्लो हिउँ नै समस्या बनेकोले अब मे महिनासम्म लाग्ने भनिएको थियो, अहिलेसम्म चिनियाँ पक्षले मे महिनको भाका सारेको छैन’ अधिकारीले भने, ‘प्राकृतिक कारण नै यो काममा थोरै ढिलाइ भएको हो । तर, अबको एक हप्ताभित्रै चीनको इन्टरनेट नेपालमा पनि जोडिने चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।’

चीनले यसअघि नै मे महिनाभित्र जसरी पनि नेपालाई आफ्नो सञ्जालमा आवद्ध गर्नेबताएको थियो । त्यो डेटलाइनमा कुनै परिवर्तन नभएकाले अबको एक हप्ताभित्रै इन्टरनेटमा नेपाल चीनसँग पनि जोडिने निश्चित भएको हो ।
चीनको इन्टरनेटका फाइदा

चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राटिय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।

अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो ।

नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन लागेको हो ।

चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आˆनो रुट विस्तार कार्य गरिरहेको छ । चीनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

भारतीय एकाधिकार सकिने
यसकोमार्फतबाट चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिने सहप्रवक्ता अधिकारीले बताए । टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । मेपछि भारतको यो एकाधिकार नेटवर्क सकिनेछ ।
चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएपछि इन्टरनेटमा भारतीय एकाधिकार समाप्त हुनेछ । चिनियाँ इन्टरनेट टेलिकमको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ ।

ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट ल्याइने इन्टरनेट थोरै महंगो हुनेछ । तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ । अब हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...